६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

३८७ प्रतिशतले बढ्यो विदेशी लगानी



अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्षमा २५ प्रतिशतले घटेको विदेशी लगानी चालू आर्थिक वर्षको सुरुवातमा भने ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार उक्त महिनामा नेपालले एक अर्ब ४४ करोड १० लाख रुपियाँ विदेशी लगानीबापत प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो लगानी केवल २९ करोड ५७ लाख रुपियाँ मात्र थियो ।

केन्द्रीय बैङ्कका अनुसार समीक्षा अवधिमा प्राप्त भएको विदेशी लगानी तीन सय ८७ प्रतिशतले बढी हो । नेपालले गत आवमा १३ अर्ब छ करोड रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो । त्यसको अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ५१ करोड रुपियाँ विदेशी लगानी भित्रिएको थियो । सरकारले यसबीचमा गत फागुनमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित दोस्रो पटक विदेशी लगानी सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनमा ३० खर्ब रुपियाँभन्दा बढीको विदेशी लगानी प्राप्त भएको थियो । राष्ट्र बैङ्कका अनुसार साउनमा पर्यटकबाट हुने आय, विपे्रषणमा पनि वृद्धि भएको छ । गत साउनमा पर्यटकबाट चार अर्ब ३८ करोड रुपियाँ आम्दानी भएको यस वर्षको उक्त महिनामा ७.६ प्रतिशत वृद्धि भई आम्दानी चार अर्ब ७१ करोड रुपियाँ पुगेको राष्ट्र बैङ्कले जनाएको छ । विपे्रषणमा भने दुई प्रतिशतको मात्र वृद्धि भएको छ ।

नेपालले यो साउनमा ७५ अर्ब ४० करोड रुपियाँ विपे्रषण प्राप्त गरेको छ । अघिल्लो साउनमा यस्तो रकम ७३ अर्ब ९५ करोड रुपियाँ थियो । विदेशी लगानीसहित विभिन्न शीर्षकमा भएको वृद्धिले मुलुकको शोधनान्तर अवस्था यसपटक छ अर्ब पाँच करोड रुपियाँले बचतमा छ । गत साउनमा यस्तो घाटा २४ अर्ब ७७ करोड रुपियाँले घाटामा थियो । त्यस्तै गत आर्थिक वर्षको अन्त्यमा यस्तो घाटा ६७ अर्ब ४० करोड रुपियाँ पुगेको थियो ।

स्थिति चालू आवको पहिलो महिनामा छ अर्ब पाँच करोड रुपियाँले बचतमा रहेको राष्ट्र बैङ्कले जनाएको छ । चालू खाता घाटा भने नौ अर्ब ३७ करोड रुपियाँ पुगेको छ । कुल विदेशी मुद्रा सञ्चिति असार मसान्तमा १० खर्ब ३८ अर्ब रुपियाँ रहेकोमा त्यो बढेर १० खर्ब ६४ अर्ब रुपियाँ पुगेको छ । राष्ट्र बैङ्कका अनुसार साउनमा मूल्यवृद्धि भने अत्यधिक बढेको छ । गत साउनमा ४.१९ प्रतिशत मात्र मूल्य वृद्धिदर रहेकोमा यो साउनमा ६.९५ प्रतिशत पुगेको छ ।

साउनमा खासगरी तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य बढेको प्रतिवेदनमा उल्लेख छ । राजधानी काठमाडौँमा मूल्यवृद्धि सबैभन्दा धेरै बढेर ८.६३ प्रतिशत पुगेको छ । सबैभन्दा कम हिमालमा ५.५७ प्रतिशत मात्र मूल्य वृद्धि भएको छ । वैदेशिक व्यापारको अवस्थामा सुधार देखिएको छ ।

निर्यात २७.७ प्रतिशतले बढेर आठ अर्ब ८४ करोड रुपियाँ पुगेको छ । गत साउनमा यस्तो वृद्धिदर केवल ३.२ प्रतिशत मात्र थियो । आयात ११.५ प्रतिशतले घटेर एक खर्ब छ अर्ब रुपियाँ पुगेको छ जुन अघिल्लो साउनमा ५४.३ प्रतिशतले बढेको थियो । व्यापार घाटा १३.९ प्रतिशतले सङ्कुचन भई ९७ अर्ब ८९ करोड रुपियाँ पुगेको छ । गोरखापत्र दैनिकबाट