२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता



अ+ अ-

चितवन। चितवनमा गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ८७६ वटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय र मातहतका इलाका प्रहरी कार्यालयमा ती मुद्दा दर्ता भएका हुन् । प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार दर्ता भएका मुद्दामध्ये एक हजार २९२ मुद्दा फछ्र्यौट भएको छ । पाँच सय ८४ मुद्दा बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

कर्तव्य ज्यान, करणी, सार्वजनिक हितविरुद्धको कसुर, बैंकिङ कसुर, लागुऔषध, आत्महत्या, चोरी, सवारी ज्यानसम्बन्धीसहितका अपराधका मुद्दा दर्ता भएका हुन् ।

गत आर्थिक वर्षमा जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै अपराधका घटना भएको उहाँले जानकारी दिनुभयो ।

उपरीक्षक पौडेलका अनुसार त्यस अवधिमा भरतपुर महानगरपालिकामा एक हजार १६० वटा अपराधका घटना भएका थिए । कालिका नगरपाकिलामा २३२, रत्ननगर नगरपालिकामा १४३, माडी नगरपालिकामा ९९, खैरहनी नगरपालिकामा ९३ र राप्ती नगरपालिकामा ७० वटा अपराधका घटना भएका छन् ।

यस्तै, इच्छाकामना गाउँपालिकामा ७९ वटा अपराधका घटना भएका छन् । कर्तव्य ज्यानसम्बन्धी तीन वटा, करणीसम्बन्धी ४५ वटा, सार्वजनिक हितविरुद्धको कसुरमा २६४ वटा, बैंकिङ कसुरमा १९२ वटा मुद्दा दर्ता भएका छन् ।

यस्तै, लागुऔषधका ३४१ वटा, आत्महत्याका घटना ४७४ वटा, चोरीका घटना ८८ वटा, सवारी ज्यानमुद्दाका ९८ वटा र अन्य प्रकृतिका अपराधमा ३७० वटा घटना भएका थिए ।

उपरीक्षक पौडेलका अनुसार दर्ता भएका मुद्दामा एक हजार ५५१ जना पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत पेस गरिएको छ । ती मुद्दामा संलग्न भएको अभियोग लागेका ६३३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । रासस