७ श्रावण २०८३, बिहीबार
,
Latest
देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६,सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए । ती घटनाबाट सात परिवार प्रभावित भएका छन् । पहिरोका घटनामा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन् ।

विपद्बाट रु एक करोड ९० लाख बराबरको क्षति भएको छ । गत वैशाख १ गतेसम्म हालसम्म देशभर दुई हजार ३६१ विपद्जन्य घटना भएका छन् । ती घटनामा परी १७३ जनाको मृत्यु, दुई जना बेपत्ता तथा एक हजार २०८ जना घाइते भएका छन् । यस अवधिमा चार हजार ८६९ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।रासस