७ श्रावण २०८३, बिहीबार
,
Latest
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर



अ+ अ-

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक बिदा (शनिबार र आइतबार) पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा जारी राख्ने भएको छ ।

कार्यालयले सूचना जारी गरी सेवाग्राहीको सङ्ख्या बढ्दै गएको जनाउँदै आगामी साउन ७ गतेदेखि अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि सार्वजनिक बिदाको दिन शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको सङ्ख्या दैनिक बढ्दै गएको सन्दर्भमा सार्वजनिक बिदाका दिन बिहान १०ः०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा उल्लेख छ । रासस