९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित)

मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित)
अ अ+ अ-

सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको ‘इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट’ (आईटीआई) मा सरकारले सिलबन्दी गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले उक्त संस्थामा छापा मारी कार्यालय सिल गरेको हो । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरी प्रचलित मापदण्ड विपरित सीप प्रमाणीकरणको प्रमाणपत्र उपलब्ध गराउने गरेको भन्दै प्राप्त गुनासोका आधारमा उक्त टोलीले आकस्मिक निरीक्षण गरेको थियो । अनुगमनका क्रममा संस्थाले प्रचलित कानून र शर्तहरूको गम्भीर उल्लङ्घन गरेको पाइएको मन्त्रालयले जनाएको छ ।

सीटीइभीटीबाट केवल सीप प्रशिक्षण प्रदान गर्ने अनुमति पाएको यस संस्थाले सरकारी निकायलाई मात्र भएको सीप परीक्षण र प्रमाणीकरणको अधिकार अनधिकृत रूपमा प्रयोग गरेको भेटिएको छ । साथै, संस्थाले अनुमति लिएका विधाहरू भन्दा फरक विषयहरूमा समेत तालिम सञ्चालन गरी कानून विपरित कार्य गरेको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनका क्रममा टोलीले संस्थाको दर्ता प्रमाणपत्र, वैदेशिक कम्पनीसँगको सम्झौता, सीप परीक्षण गरिएका विवरणहरू र अन्य महत्वपूर्ण कागजातहरू अध्ययनका लागि नियन्त्रणमा लिएको छ । अर्को आदेश नभएसम्मका लागि संस्थाको सम्पूर्ण कामकाज रोक्का गरिएको छ । अनुगमनमा संलग्न अधिकारीहरूले लोकतान्त्रिक व्यवस्थामा कानूनको मर्यादा सबैले राख्नुपर्ने र सरकारको भिजन, मिसन र प्रतिवद्धतामा सबैको सहयोग हुनुपर्ने बताएका छन् ।

नियन्त्रणमा लिइएका कागजातहरूको विस्तृत अनुसन्धान पश्चात संस्थामाथि थप कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल