२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देशको राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्था इतिहासकै गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै खड्काले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले सरकारको कार्यशैली अराजकता र अधिनायकवादतर्फ उन्मुख भएको आरोप पनि लगाउनु भयो ।

उहाँले संसदमार्फत पारित भएको विषय प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत उल्ट्याउने अभ्यासले संवैधानिक प्रणामीमाथि चुनौती सिर्जना गरेको बताउनु भयो । उहाँले यी सबै कुरालाई गम्भीरतापूर्वक लिएर पार्टीको सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले पार्टी सभापति गगनकुमार थापाको इच्छाबिना पार्टी एकता सम्भव नहुने समेत स्पष्ट पार्नुभयो । उहाँले पार्टी एकताको लागि आफूहरु तयार नभएको भनि फैल्याएको भ्रममा विश्वास नगर्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको देशको राष्ट्रियता इतिहासकै ठूलो संकटमा छ । संविधान संकटमा छ । जनताले पाएका अधिकारहरु, संघियताहरुलाई ललकार्ने काम भइराको छ । लोकतन्त्रलाई ललकार्ने काम भइराको छ । प्रधानमन्त्री बालेन शाहजी संसदले पास गरेको करलाई फेसबुकबाट निर्णय उल्ट्याउँदै हुनुहुन्छ । कहाँ पुग्दैछ देश ? संसदले पास गरेको करलाई प्रधानमन्त्रीले फेसबुकबाट सच्याई दिनु भयो । यसरि देश कहाँ पुग्छ । योभन्दा ठूलो अराजकता, योभन्दा ठूलो निरंकुशता, योभन्दा ठूलो अधिनायकवाद तिरको अग्रसरता अरु हुन सक्दैन । यी राष्ट्रियताको संकट मडारिएको, आकाशमा मडारिएको चौबिसै घण्टा मडारिएको कालो बादलका संकेतहरु हुन् । हो त्यसैले यी सबै कुरा प्रति हामी जिम्मेवार बनौँ ।’

उहाँले पार्टी यस्तै अवस्थाबाट चल्न नसक्ने भन्दै राष्ट्रिय भेलामार्फत उचित निर्णय लिनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल