७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंक चोरी प्रकरणः ह्याक गर्ने समूहका १२ जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले विदेशी ह्याकरले नेपाली बैंकबाट ठूलो रकम ह्याक गर्ने योजना बनाएको र सो योजना असफल भएको बताएको छ । महानगरीय अपराध महाशाखाको टोलीले कृषि विकास बैंकको सिस्टमलाई ह्याक गरी निकाल्ने समूहका १२ जनालाई पक्राउ गर्न सफल भएको बताइएको छ । महाशाखाले रकम ह्याक गरी विदेश लैजाने योजना बनाउने गिरोहका पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको हो ।

महाशाखाका एसएसपी सहकुल थापाले नेपालका बैंकबाट ५ अर्ब रकम लुट्ने योजना बनाएको समूहलाई प्रहरीले पक्राउ गर्न सफल भएको बताए । ‘विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँभन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ महाशाखाका प्रमुख थापाले पत्रकार सम्मेलनमा भने ।

सो समूहले कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरिएको भेटिएको र पानस रेमिट, नयाँ बानेश्वरबाट १२ लाख ह्याक गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको महाशाखा प्रमुख थापाले बताएका हुन् । विदेशी ह्याकारको समूहले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक, नबिल बैंकलगायतका बैंक तथा वित्तीय संस्थाबाट रकम निकाल्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी थापाले जानकारी दिए ।

रकम लुट्ने व्यक्तिले १५ देखि ३५ प्रतिशतसम्म रकम कमिसन दिई हुन्डीमार्फत भारत पठाउने गरेको अनुसन्धानका क्रममा भेटिएको प्रहरीले जनाएको छ । रकम ह्याकपछि पक्राउ पर्नेमा नुवाकोटका ४३ वर्षीय लवाङ तामाङ, रसुवाकी ४० वर्षीया लक्ष्मीमाया तामाङ, काठमाडौं तार्केश्वर नगरपालिकाका २६ वर्षीय सञ्ज घले, रसुवाको नौकुण्ड गाउँपालिकाका २० वर्षीया निर्मला तामाङ, सोही ठाउँका १८ वर्षीय निमा तामाङ, सर्लाही हरिवनका ४२ वर्षीय पुष्पराज खड्का छन् ।

यस्तै, लमजुङका २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिकाका ३८ वर्षीय श्रवणकुमार श्रेष्ठ, भक्तपुर ठिमीका ३२ वर्षीया सुनिता श्रेष्ठ, भारत कलकत्ता घर भई काठमाडौं टेबहाल बस्दै आएका ३० वर्षीय शुबंकर पञ्जा, कैलाली भजनीका २२ वर्षीय विजय साह र भजनी–१ का ४५ वर्षीय चन्द्रबहादुर बुढा छन् ।

कृषि विकास बैंक ह्याक गर्ने ह्याकर समूहका नेपाली एजेन्ट नुवाकोट मेघाङ गाउँपालिका–४ का लवाङ तामाङ भएको प्रहरीले जनाएको हो । उनीमार्फत अन्य विभिन्न व्यक्तिको खातामा रकम गएको देखिएको प्रहरी भनाइ छ । कृषि विकास बैंक ह्याक भएर विभिन्न व्यक्तिको खातामा ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ट्रान्सफर भएकोमध्ये ५० लाख तामाङको खातामा गएको देखिएको हो । राजधानी दैनिकबाट