८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु

ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु
अ+ अ-

काठमाडौँ। ललितपुर महानगरपालिका–३ मा २४ सै घण्टा एआई कलिङ सेवा सुरु गरेको छ । वडा कार्यालयले आज यहाँ पत्रकार सम्मेलन गरी सो सेवा सुचारू बारेमा जानकारी दिएको हो ।

वडाध्यक्ष श्रीगोपाल महर्जनले ‘तपाईंको समस्या मेरो समाधान’ भन्ने नाराका साथ सुरु गरिएको एआई कलिङमार्फत वडा कार्यालयभित्रका सबै सेवाका बारेमा जानकारी दिनुका साथै वडाभित्रका समस्या समाधानका लागि दर्ता गर्ने काम सफल हुने जानकारी दिनुभयो ।

“वडाले दिने सेवाका बारेमा एआई कलिङ सेवामार्फत २४ घण्टा नै सेवा सुचारु गरेका छौँ, कलिङमार्फत गुनासो दर्तासमेत गर्न सकिन्छ, जनप्रतिनिधि र कर्मचारीसँग वडावासीले भेट्न नसकेको अवस्थामा एआईमार्फत समस्या समाधानका लागि सहजीकरण हुन्छ । कुनै पनि सेवाका लागि दुःख पाउनुपर्दैन”, उहाँले भन्नुभयो ।

ब्लु ओभल इन्टरनेशनलका प्रतिनिधि एवं प्रविधि सेवा डेभलपर प्रदीप श्रेष्ठले नागरिक र स्थानीय सरकारबीचको समन्वयलाई सहज बनाउन यो सेवा सुरुआतले राम्रो अभ्यास भएको भन्दै एक महिनाको तयारीमा यो प्रविधिको विकास गरिएको जानकारी दिनुभयो ।

एआई कलिङमार्फत हाल नेपाली भाषामा वडावासीलाई चाहिने सम्पूर्ण सूचना दिने र अनलाइनमार्फत आवाज र अक्षरमा गुनासो दर्ता गर्ने काम सम्भव हुनेछ । मल्टिपल एलएलएममा चल्ने यो प्रविधिमा विस्तारै अरु भाषाहरू समेत थप्दै जाने वडा अध्यक्ष  महर्जनले जानकारी दिनुभयो । रासस