५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण



अ+ अ-

काठमाडाैँ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा लागेका कारण उहाँको दैनिकी बदलिएको हो । उहाँ पहिले ११ कठ्ठा जग्गामा कागती तथा तरकारीखेती गर्ने गर्नुहुन्थ्यो । आजकाल भने गड्यौला मल उत्पादनमा व्यस्त हुनुहुन्छ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी ३४ वर्षीया सुलोचना शेर्पाले झन्डै १८ महिना अघि लिएको तालिम र कृषि भ्रमणले उहाँलाई रासायनिक मलको विकल्पमा गड्यौला मल बनाउन प्रेरित ग¥यो ।

उहाँ भन्नुहुन्छ, “यो मल उत्पादन भएपछि मैले अग्र्यानिक तरकारी उत्पादन गर्ने काम गरीरहेकी छु ।” सुलोचना मात्र होइन, तुलसीपुर उपमहानगरपालिका क्षेत्रका धेरै किसानले गड्यौला मल उत्पादन गरिरहनुभएको छ । अग्र्यानिक खेतीको नेतृत्व गरिरहेका तुलसीपुर १६ रत्गँैका विनोद चौधरी पनि गड्यौला मल बनाउनमै व्यस्त हुनुहुन्छ । उहाँले बजारमा गड्यौलाको मूल्य र यसबाट बन्ने मलको राम्रो सम्भावना रहेको बताउनुहुन्छ । हाल गड्यौला प्रतिकिलो रु १२ सयमा बिक्री हुने गरेको छ । यसबाट तयार पारिएको मल प्रतिकिलो रु ३० मा किनबेच हुन्छ । विनोदले पाँ कट्ठामा अग्र्यानिक खेती गरिरहनुभएको छ ।

उहाँले गड्यौला, झोल तथा गोबर मलको प्रयोगलाई बढावा दिनुभएको छ । “म आफँै पनि गड्यौला मल उत्पादन गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “त्यसबाटै पाँच कट्ठामा तरकारीखेती गरेको छु ।” विगत १२ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका तुलसीपुर–११ मोतिपुरका दीपक चौधरीले लामो समय रासायनिक मल प्रयोग गर्नुभयो । उहाँले पूर्ण प्राङ्गारिक मल प्रयोग गरेर तरकारी फलाउन थाल्नुभएको छ । तरकारी खेतिबाटै वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गर्छु भन्नुहुन्छ । “स्थानीय स्रोतसाधन चिन्न र व्यवस्थापन गर्नसके आर्थिक लाभ र स्वरोजगार बन्न सकिन्छ ।”

त्यस्तै, सोही ठाउँका अर्का किसान जुगराम चौधरीले पनि १५ केजी गड्यौलाको प्रयोग गरेर मल उत्पादन सुरु गर्नुभएको छ । वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्ने उहाँ गड्यौला मलको प्रयोगले कृषि कर्म झनै बलियो बनेको बताउनुहुन्छ । रत्गँैकी सुनिता चौधरीले आठ कट्ठामा गरिरहेको अग्र्यानिक खेतीमा गोठे मलसँगै गड्यौला मलको प्रयोग गर्ने गरेको बताउनुभयो । वार्षिक रु पाँच लाखभन्दा आम्दानी गर्ने उहाँ अन्य किसानलाई गड्यौला मल र कम्पोष्ट मल बनाउन प्रेरणा दिँदै आउनुभएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१६ निवासी शोभा बस्नेतले व्यावसायिक आफ्नै लागि पाँच किलो गड्यौलाबाट मल तयार पारिरहेको बताउनुभयो ।

गड्यौला मलको प्रयोगबाट उत्पादित तरकारी स्वस्थ र विषादीरहित भएकाले उहाँले आफ्नै लागि उक्त मल तयार गर्नुभएको हो । विषादी प्रयोग गरिएको तरकारी हेर्दा चिल्लो देखिने तर अर्गानिक तरकारी त्यति चिल्लो नहुने हुँदा ग्राहकहरू झुक्किने गरेको तुलसीपुर–१६ रत्गैँका विनोद चौधरीले बताउनुभयो । यद्यपि, माटो जोगाउन र गुणस्तरीय उत्पादनका लागि किसानमा उत्साह भने घटेको छैन । “देख्दा विषादी प्रयोग गरेको तरकारी चिल्लो देखिन्छ, प्राङ्गारिक मल प्रयोग गरेको तरकारी फुर्सो देखिन्छ”, उहाँले भन्नुभयो, “यसले गर्दा ग्राहकले किन्न हिच्किचाउने गरे पनि, विस्तारै बुझ्ने गर्नुहुन्छ ।” गड्यौला मलले माटोको स्वास्थ्य सुधार्ने, वातावरण जोगाउने र किसानको आर्थिक स्तर उकास्ने एउटा बलियो आधार बन्ने जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताउनुभयो ।

नारायणी रजौरे/रासस