५ श्रावण २०८३, मंगलवार
,
Latest
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह



अ+ अ-

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन सरोकारपक्षसंग आग्रह गरेको छ ।

मन्त्रालयले चालु आवलाई कानुन सुधार र निर्माण वर्ष घोषणा गरेको छ। यसका लागि मन्त्रालयले आज सबै मन्त्रालयका कानुन शाखा÷महाशाखाका प्रमुखहरुसंग छलफल सुरुआत गरेको छ ।

प्रत्येक महिनाको पहिलो सोमबार यो बैठक नियमित हुने बस्ने तय भएको छ। कानुन निर्माण वर्ष सफल बनाउन तथा सङ्घीय संसद्लाई आवश्यक विधायिकीकार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण भएका १६६ विधेयकको लक्ष्य पूरा गर्नका लागि आजबाट छलफल थालेको कानुन, न्याय तथा संसदीय ममिलामन्त्री सोविता गौतमको सचिवालयले जनाएको छ ।

आगामी आर्थिक वर्षमा निर्माण गरिने ती विधेयकको सूची यसअघि नै कानुन मन्त्रालयले संघीय संसद्मा बुझाइसकेको छ। विकासका लागि सहज वातावरण निर्माण यो वर्ष पुरै कानुन सुधारमा लाग्ने मन्त्रालयले जनाएको छ ।

कानुन सुधार तथा कानुन निर्माण वर्षका लागि मन्त्रालयले नौँबुँदे कार्ययोजना तयार तयार पारिसकेको छ। सरकारले संसद्लाई विधेयकको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षमा निर्माण गरिने ती विधेयकको सूची यसअघि नै कानुन मन्त्रालयले सङ्घीय संसद्मा बुझाइसकेको छ ।रासस