४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कर्मचारी व्यवस्थापनको कानुनी आधार फितलो हुँदा ९ हजार बढी कर्मचारीको नियुक्तिमा अन्योलता

कर्मचारी व्यवस्थापनको कानुनी आधार फितलो हुँदा ९ हजार बढी कर्मचारीको नियुक्तिमा अन्योलता
अ+ अ-

काठमाडौं । कर्मचारी व्यवस्थापनको कानुनी आधार तयार हुन नसक्दा ९ हजार बढी कर्मचारीको नियुक्तिमा अन्योल देखिने भएको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनसम्बन्धी नयाँ कानुन बन्न नसक्दा स्थानीय तहका लागि आउँदै गरेका ९ हजार कर्मचारीको नियुक्ति प्रक्रिया अन्योलमा पर्ने देखिएको हो ।

स्थानीय तहले हालको निजामती सेवा ऐनलाई आत्मसात् गर्न सक्दैन । स्थानीय तहमा भर्ना हुने ९ हजार कर्मचारीलाई निजामती सेवा ऐनअनुसार नियुक्ति दिन नमिल्ने प्रशासनका जानकारको भनाइ छ । केन्द्र सरकारले संघीय निजामती सेवा ऐन बनाउन ढिलाइ गरेको र सो कारण प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनसमेत बन्न नसक्दा स्थानीय तहमा आउन लागेका कर्मचारीको सेवासर्त सुविधासहितको नियुक्ति प्रक्रियामा अन्योलता आउन लागेको हो ।

लोकसेवा आयोगले गत १५ जेठदेखि स्थानीय तहमा आवश्यक ९ हजार १ सय ६१ कर्मचारीको भर्ना प्रक्रिया जारी राख्दै आइरहेको छ । हाल उनीहरूको लिखित परीक्षा सकिएर नतिजा प्रकाशनको तयारी भइरहेको आयोगले जनाएको छ । आयोगको कार्यतालिका अनुसार ती सबै कर्मचारी आगामी मंसिरसम्ममा स्थानीय तहमा सिफारिस भइसक्नुपर्ने छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारी पनि प्रतिनिधि सभाबाट संघीय निजामती सेवा ऐन बन्न ढिलाइ भएकाले केही समस्या पर्न सक्ने बताउँछन् ।

संघीय निजामती सेवा विधेयक संसद्को सुशासन तथा राज्यव्यवस्था समितिमा छलफलकै क्रममा रहेको अवस्थामा संसद् सकिएपछि सो विधेयक थन्कन पुगेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा आउने नयाँ कर्मचारी तत्कालका लागि पुरानै व्यवस्थाअनुसार व्यवस्थापन हुने र ऐन बनेपछि नयाँ व्यवस्थाअनुसार हुने बताए ।

‘संसद्बाट ऐन नबनिसकेको अवस्थामा पुरानै व्यवस्थाअनुसार व्यवस्थापन हुन्छ, ऐन बनेपछि नयाँ व्यवस्थामा परिणत गरिनेछ । नयाँ बन्ने ऐनमा अहिले पाइरहेको सेवा सुविधा कमी गरिनेछैन,’ मन्त्री पण्डितले भने । लोकसेवा आयोगले समेत आवश्यक ऐन बन्नमा ढिलाइ हुँदा स्थानीय तहमा सिफारिस भई जाने नयाँ कर्मचारीमा अन्योलता छाउन सक्ने बताएको छ । आयोगका अध्यक्ष उमेश मैनालीले केन्द्रबाट संघीय निजामती सेवा ऐन नबन्दा स्थानीय तहलाई प्रशासन सञ्चालनका लागि आधार र मापदण्ड तयार गर्नमा बाधा पुगेको बताए ।

यद्यपि, ऐन नबनिसकेको अवस्थामा समायोजन ऐनकै आधारमा नियुक्ति र सेवा सर्त लागू हुने उनको भनाइ छ । संघमा संघीय निजामती सेवा ऐन बन्न नसक्दा यसले तीनै तहको प्रशासन संयन्त्र सञ्चालनमा अन्योलता सिर्जना गरेको हो । संघले बनाएको संघीय निजामती सेवा ऐनका आधारमा प्रदेशले प्रदेश निजामती सेवा ऐन र स्थानीय तहले स्थानीय सेवा ऐन बनाउनुपर्ने प्रावधान छ । राजधानी दैनिकबाट