८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

अमेरिकी सेनाद्वारा इरानमाथि नयाँ चरणको आक्रमण

अमेरिकी सेनाद्वारा इरानमाथि नयाँ चरणको आक्रमण
अ+ अ-

काठमाडौँ। अमेरिकी सेनाले शनिवार साँझ इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ चरणको हवाई आक्रमण शुरु गरेको छ ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले एक विज्ञप्ति जारी गर्दै पूर्वीय समय अनुसार शनिबार साँझ ६ बजे उक्त आक्रमण गरिएको पुष्टि गरेको हो ।

सेन्ट्रल कमाण्डका अनुसार, हर्मुज जलसन्धिमा व्यावसायिक जहाजहरूमाथि हुन सक्ने इरानी चुनौतीलाई निस्तेज पार्न र इरानको सैन्य क्षमतालाई कमजोर तुल्याउन यो कारबाही गरिएको हो ।

साथै, शुक्रवार राति जोर्डनमा अमेरिकी सैन्य टोलीमाथि आक्रमण गर्ने ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी) लाई दण्डित गर्नु पनि यसको उद्देश्य रहेको कमाण्डले स्पष्ट पारेको छ ।

यसअघि शनिवार बिहान सेन्ट्रल कमाण्डले दिएको जानकारी अनुसार, शुक्रवार जोर्डनस्थित एक सैन्य आधार शिविरमा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानविरुद्ध लक्षित कारबाही शुरु गरेयता हालसम्म ज्यान गुमाउने अमेरिकी सैन्य कर्मचारीको कुल सङ्ख्या १६ पुगेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल