४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मसानघाटमा घरैघर ! दाहसंस्कार गर्दा जहिल्यै विवाद

मसानघाटमा घरैघर ! दाहसंस्कार गर्दा जहिल्यै विवाद
अ+ अ-

काठमाडौँ । चाबहिलका तीर्थमान डंगोलकी पत्नी लक्ष्मीको दाहसंस्कार गर्ने बेलामा तनाव व्यहोर्नुपर्‍यो । घाटमा लैजाँदै गर्दा लक्ष्मीको शवै तान्न आए स्थानीय बासिन्दा । चार जनाको समूहमा आएका उनीहरूले अवरोध गर्न खोजेकोमा मलामी जबरजस्ती अगाडि बढेपछि उनीहरू शव तान्न आएका थिए । उनीहरूलाई पेलेरै मलामीले शव दाहसंस्कार गर्ने दीप नजिक पुर्‍याउनुपरेको थियो । ‘शोकको बेलामा पनि यस्तो तनाव व्यहोर्नुपरेको छ,’ डंगोलले सुनाए, ‘यहाँभन्दा ज्यादती के होस् अरू ?’

एक वर्षमा दाहसंस्कारमा अवरोध गरेको यो तेस्रो पटक हो । यसअघि ४९ वर्षीय भीममाया डंगोलको दाहसंस्कारमा पनि त्यसै गरेका थिए । ‘पहिला अवरोध गर्न हूलका हूल आउँथे । मोटरै तेर्साउँथे,’ स्थानीयबासी हेम डंगोल भन्छन्, ‘यसपालि थोरै आए । एक घण्टाजसो तनाव दिए । हामीले तिनीहरूलाई जबरबजस्ती धकेलेर शव घाटमा पुर्‍यायौं ।’

यसअघि दाहसंस्कार गर्ने दीप नजिकका घरधनी मिलन जोशीको अगुवाइमा दाहसंस्कारमा अवरोध पुर्‍याइएको थियो । झन्डै तीन घण्टा तनावग्रस्त भएको थियो मसान घाट । तनाव बढ्दै गएपछि प्रहरीको उपस्थितिमा दाहसंस्कार गरिएको थियो । त्यसपछि त्यहाँ नयाँ घर बनाउनेहरू, स्थानीयबासी, प्रहरीलगायत बसेर समस्या समाधान गर्न छलफल भएको थियो । छलफलमा नयाँ बस्तीका मिलन जोशी, रामेश्वर केसी, कांग्रेस सांसद नरोत्तम वैद्यलगायत सहभागी थिए । दुई सातामा समस्या समाधान गर्ने सहमति भएको थियो । ‘दुई साता त परैको कुरा,’ स्थानीयबासी तथा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव परमानन्द शाक्य भन्छन्, ‘९ महिना बित्दासमेत समस्याजस्ताको तस्तै छ ।’

धोबीखोला किनारामै छ चाबहिलका नेवारका सात जातिको दाहसंस्कार गर्ने दीप । सात जातिमध्येका अलगअलग घाट छन् । पहिला सातैवटा घाट अस्तित्वमा थियो । अहिले भने त्यसमध्ये दुई वटा मात्र घाट सञ्चालनमा रहेको शाक्य बताउँछन् । शाक्यका अनुसार शाक्य, वज्राचार्य, डंगोल, महर्जन, श्रेष्ठलगायतको मसानघाट हो यो । ‘पहिला ७ वटा थिए । अहिले वरिपरिको बस्तीले बाँकी घाट मिचेका छन्,’ शाक्य भन्छन्, ‘वरिपरि नयाँ बस्ती बस्दै गयो, घाट पनि मिचिँदै गयो ।’

ओम हस्पिटलसँगै जोडिएका छन् यी घाट । काठमाडौं महानगरपालिका वडा ७ को कित्ता १०१ र १०२ मा छन् घाट । कित्ता १०१ शाक्य, वज्राचार्य र श्रेष्ठको हो । त्यसैगरी १०२ डंगोल, प्रजापति, महर्जनलगायतको हो । विनोदको घर कित्ता नम्बर १ सय १ को घाटसँग जोडिएको छ । उनले गत वर्ष मात्रै घर किनेका हुन् । शाक्यका अनुसार उनी आएपछि यो घाट हटाएरै छाड्छु भनेर हिँडेका छन् । विनोदले घर किनेपछि दाहसंस्कारमा समस्या भएको यो दोस्रो पटक हो । ‘अब तनाव नदोरिएला भन्ने लागेको थियो,’ नानी मैयाका छोरा कृष्ण भन्छन्, ‘फेरि उही अवस्था आयो । यो हाम्रो पुस्तौंदेखि प्रयोग हुँदै आएको घाट हो । मृत्यु संस्कारमा पनि अवरोध हुनु रु

कस्तो विडम्बना ?’
दुईवटा घाटमध्ये कित्ता १०१ मा दीप बनाइएको छ । अर्को कित्ता भने सडकमै पर्छ । त्यहाँ दीप बनाइएको छैन । स्थानीयबासीले दीप नवनाउन आग्रह गरेपछि नबनाएको शाक्य बताउँछन् । २०४२ सालबाट घाट वरपर बस्ती बस्न थालेको हो । महर्जन, प्रजापतिलगायतको घाटको छेउमा सिन्धुपाल्लोकका भट्टराईले घर बनाए । ‘बरु जलाउनुस् । जलाएपछि सफा गरिदिनुस् । दीप बनाउँदा नराम्रो देखिन्छ भने,’ शाक्य भन्छन्, ‘त्यही सहमतिअनुसार दीप बनाएनौं । चलेकै थियो ।’ दाहसंस्कार गर्ने ठाउँको एक मिटरमै छन् घर । दीपकै अगाडी सटर छ ।

‘दुर्गन्धले बसिनसक्नु हुन्छ,’ जोशी भन्छन्, ‘यो त उहाँहरूले बुझ्नुपर्ने कुरा हो ।’ शाक्यका आफ्ना पुर्खाको संस्कार जहाँ भएको छ, त्यही गर्ने चाहना राख्छन् । अस्पतालमा मृत्यु भएकाको यहाँ दाह संस्कार गरिँदैन । तर घरमै मृत्यु हुनेका लागि यहीं गर्ने परिवारको चाहना हुन्छ । बस्तीको छेउमा भएकाले घाट हटाउने भनेर योजना पनि नबनाएका होइनन् स्थानीयबासीले । ‘यसका लागि तान्त्रिक गुरुसँग सल्लाह पनि गरेका हौं,’ शाक्य भन्छन्, ‘यहाँ अष्टमातृका राख्ने विधि रहेछ । घाट राख्ने विधि रहेछ तर हटाउने विधि रहेनछ । त्यही भएर अन्यत्र सार्न सम्भवै छैन ।’

घाट सार्नुभन्दा बस्ती सार्न उपयुक्त हुने चारुमती विहारका महासचिव हेमराज शाक्य बताउँछन् । ‘यो ठाउँ अधिकरण गर्नुपर्छ,’ शाक्य भन्छन्, ‘सरकारले अधिकरण गर्दैन भने हाम्रो गुठीले किनिदिन्छ यहाँको बस्ती । चारुमती यहाँको प्राचीन विहार हो । यसको निर्माण अशोककी छोरी चारुमतीले गरेको मानिन्छ । यसको निर्माण इसापूर्व २८६ तिर भएको मानिन्छ । अशोककी छोरी धर्मदूतका रूपमा नेपाल आएकी थिइन् । चारुमतीले नेपालको क्षेत्रीय राजा देवपालसँग विवाह गरेकी थिइन् । उनको तल्लो जातको छोराका लागि विहार बनाएको पुरातत्त्वविद् तेजरत्न ताम्राकार बताउँछन् ।

यही विहारमा देवपत क्षेत्रकी जीवित देवी कुमारीको बसोबाससमेत रहेको छ । विहारकै छेउमा धन्दो चैत्य छ । चैत्यको निर्माण लिच्छविकालीन राजा मानदेवको बुबा धर्मदेवले बनाएको गोपाल राजवंशावलीमा उल्लेख छ । चारुमती विहारको नामबाटै चाबहिल नाम रहन गएको ताम्राकार बताउँछन् । ‘यो क्षेत्रमा थुप्रै प्राचीन सम्पदा छन् । चाबहिल नै प्राचीन बस्ती हो,’ उनी भन्छन्, ‘बस्ती बसेकै समयमा नै बनेको हो यहाँ घाट । घाट हाम्रो अमूर्त सम्पदा हो । मसानघाट भनेको मुर्दा पोल्नकै लागि हो । मुर्दा पोल्ने ठाउँमा बस्तीको कल्पना गरेको हुँदैन । घाटमा स्थानीयबासीको अग्राधिकार रहन्छ । सहज रूपमा मृत्यु संस्कार गर्न पाउनु कानुनी अधिकारसमेत हो ।’ यो घाटमा बज्रायान परम्पराअनुसार दाहसंस्कार गरिन्छ । त्यही भएर पशुपतितिर लैजाने विधि नभएको शाक्य बताउँछन् ।

घाटको चाबहिल चारुमती विहारसँग जोडिएको छ । यहाँको देवीसँग पनि जोडिएको छ । यहाँ पुर्खाको अस्तु छ भन्ने विश्वास गरिन्छ । त्यही अस्तुको गाजल ल्याएर देवीलाई लगाइदिने चलन भएको शाक्य बताउँछन् । चारुमती विहारलाई जीर्णोद्वार गर्न वा चोख्याउन पर्‍यो भने त्यही घाटबाट अस्तु ल्याइन्छ । ‘त्यही भएर यहाँको घाट सार्न मिल्दैन,’ शाक्य भन्छन्, ‘राज्यले एउटा नीति ल्याउनुपर्छ । दुर्गन्ध फैलियो भन्ने स्थानीयबासीको माग पनि जायज छ । कि बस्ती हटाउनुपर्‍यो । नभए कम दुर्गन्ध फैलने विधि अपनाउनु पर्‍यो । यसका लागि सानो विद्युतीय शवदाह मेसिन राख्न पनि सकिन्छ ।’

मसानघाटको समस्या उपत्यकाका ठाउँठाउँमा छन् । मैतीदेवीमा सडकमै दाहसंस्कार गरिन्छ । यहाँका सबै घाट मासिएका छन् । भक्तपुर ठिमीको दक्षिण बाराही, टोखा, ललितपुरको बालकुमारी, शोभाभगवती लगायतका ठाउँमा यस्ता समस्या छन् । मसानघाटमा गणेशका मूर्ति, सत्तल, पाटी, शिवलिंग, शक्तिपीठजस्ता संरचना हुन्छन् । मसानघाट मासिँदा यी सम्पदामा पनि असर गर्छ ।

त्यही भएर घाट जोगाउनुपर्छ भनेर सर्वोच्च अदालतले नजिर नै स्थापित गरेको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले वाग्मती वरिपरिका घाट जोगाउन सर्वोच्च अदालतमा सार्वजनिक सरोकारकारको रिट दर्ता गरेका थिए । त्यसमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै २०५६ सालमै वाग्मती नदीको घाट, मठमन्दिर जोगाउन आदेश दिएको थियो । पाञ्चायन घाट जोगाउनू भन्ने सर्वोच्च अदालतको आदेशपछि वाग्मती किनारमा बनाउन लागेको यूएन पार्क निर्माण रोकिएको थियो । गोकर्णदेखि चोभारसम्म नदीको दायाँबायाँ २०/२० मिटर क्षेत्रभित्र कुनै पनि निर्माण नगर्न न्यायाधीश हरिप्रसाद शर्मा र केदारप्रसाद गिरीको संयुक्त इजलासले आदेश दिएको थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।