४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

२१ वटा मन्त्रालयमध्ये आधाभन्दा बढी मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर

२१ वटा मन्त्रालयमध्ये आधाभन्दा बढी मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर
अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका अधिकांश मन्त्रीको कार्यसम्पादन सशक्त र प्रभावकारी हुन नसकेको निष्कर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निकालेको छ । २१ वटा मन्त्रालयमध्ये आधा बढी मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर पाइएको प्रधानमन्त्री कार्यालयको अनलाइन मोनिटरिङले देखाएको छ ।

प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता भएपछि प्रधानमन्त्री कार्यालयले नियमित रूपमै मन्त्री र मन्त्रालयको कार्यबारे अनलाइन मोनिटरिङ गर्दै आइरहेको छ । प्रधानमन्त्री र मन्त्रीहरूबीच गत १५ साउनमा पहिलोपटक कार्यसम्पादन सम्झौता भएको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार विकासे मन्त्रालयका रूपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, ऊर्जा तथा सिँचाइ मन्त्रालय र कृषि विकास मन्त्रालयमध्ये कुनै पनि मन्त्रालयको कार्यप्रगति सन्तोषजनक र सर्वोत्तम देखिएको छैन ।

प्रधानमन्त्री कार्यालयका अनुसार पुँजीगत खर्चको ७५ प्रतिशत रकम यिनै पाँचवटा विकासे मन्त्रालयले खर्च गर्ने गर्छन् । ‘यी पाँचवटा मन्त्रालयले प्रभावकारी रूपमा काम गर्न सकेमा मुलुकको विकासले सहजै गति लिन सक्छ तर तिनै मन्त्रालयको कामकारबाही प्रभावकारी बन्न सकेको पाइएन,’ ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले भने । ती अधिकारीका अनुसार पाँचवटा प्रमुख विकासे मन्त्रालयमध्ये पनि भौतिक पूर्वाधार मन्त्रालयको काम अन्त्यन्तै निराशाजनक देखिएको छ ।

यसैगरी, खानेपानी मन्त्रालयको काम पनि निराशाजनक नै देखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । कृषि विकास मन्त्रालयको काममा पनि प्रभावकारी नभएको प्रधानमन्त्री कार्यालयको ठहर छ । सहरी विकास र ऊर्जा मन्त्रालयले पनि आशा गरेअनुसार काम गर्न सकेका छैनन् तर भौतिक र खानेपानी मन्त्रालयको तुलनामा सहरी विकास र ऊर्जा मन्त्रालयको कामले केही गति लिएको पाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार आयोजना गरेको समीक्षा बैठकमा पनि अधिकांश मन्त्रालयको काम प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्रीले मन्त्री तथा सचिवलाई कार्यशैली परिवर्तन गर्दै सशक्त बनाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीले मन्त्री र सचिवलाई प्रभावकारी रूपमा काम गर्न बारम्बार निर्देशन दिए पनि मन्त्री र सचिवले भने प्रभावकारी रूपमा कार्य गर्न नसक्नु विडम्बना भएको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीको अनुभव छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सम्पन्न गरे पनि त्यसको कुशलतापूर्वक व्यवस्थापनमा केही समस्या देखिएको र पछिल्लो समयमा संघीय निजामती सेवा ऐन ल्याउने कार्यमा सशक्त भूमिका खेल्न नसकेको देखिएको अनलाइन मोनिटरिङले देखाएको छ । यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगी रोक्न नसकेको र अनुगमन प्रभावकारी बनाउन नसकेकाले सो मन्त्रालयको भूमिका पनि कमजोर हुँदै गएको पाइएको प्रधानमन्त्री कार्यालयको अनलाइन मोनिटरिङले देखाएको छ ।

यसैगरी, पछिल्ला दिनमा श्रम तथा रोजगार मन्त्रालयको भूमिका पनि सशक्त हुन नसकेको पाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसैगरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको भूमिका पनि प्रभावकारी छैन । अधिकांश मन्त्रालयको कामकारबाही कमजोर देखिएकाले प्रधानमन्त्रीले मन्त्री र सचिवको कार्यशैली ‘चल्ते चलाते’ जस्तो बन्न पुगेको विश्लेषण गरेको प्रधानमन्त्री कार्यालयका अधिकारीको भनाइ छ ।

प्रधानमन्त्री कार्यालयले पनि अनुगमन प्रणालीलाई सशक्त बनाउन भने सकेको छैन । अनुगमनलाई प्रभावकारी बनाउादै काम गर्न नसकेको मन्त्रालयसँग काम गर्न नसक्नुका कारण लिखित रूपमा माग्नुपर्ने आवश्यकता देखिएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता यामलाल भुसालले प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन संझौता भएपछि सोअनुसार काम भए–नभएबारे अनलाइन मोनिटरिङमार्फत अनुगमन जारी राखिएको जानकारी दिए ।

काम र परिणामको स्केलिङ नगरिए पनि औसतमा कार्यविवरण र प्रगति निकालिएको प्रवक्ता भुसालले बताए । सबैले उच्च मिहिनेतसाथ काम गर्दा परिणाम निस्कन सक्ने भएकाले सोहीअनुसार काम गर्नुपर्ने आवश्यकता भुसालले औंल्याए । राजधानी दैनिकबाट