३२ असार २०८३, बिहीबार
,
Latest
५ वर्षमा विद्युत प्रशारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै प्रधानमन्त्री–राप्रपा भेटमा संविधान संशोधनदेखि स्वास्थ्य बीमा, मल आपूर्ति र सुकुम्बासी व्यवस्थापनसम्म छलफल यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश सेतीवेनीमा बढ्दै भारतीय पर्यटक परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा बादी समुदायका ८४ विद्यार्थीलाई एक वर्षको भर्ना शुल्क सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार मुद्दामा सुनिल पौडेल दोषी ठहर, साढे ८ वर्ष कैद र रु. १ करोड ५४ लाख जरिबाना



अ+ अ-

काठमाडौं। नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले साढे ८ वर्ष कैद र रु. १ करोड ५४ लाख २५ हजार २०० जरिबाना हुने फैसला गरेको छ।

न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार फैसला सुनाउँदै पौडेलसँगै दीपक आनन्दलाई पनि समान रकम जरिबाना र ८ वर्ष कैद सजाय तोकेको हो। पौडेलले कसुर गरेको समयमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) को कार्यकारी निर्देशकको जिम्मेवारीमा समेत रहेकाले उनलाई थप ६ महिना कैद सजाय थपिएको छ। यससँगै उनको कुल कैद सजाय साढे ८ वर्ष पुगेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहितका प्रतिवादीले रु. ३ करोड ८ लाख ५० हजार ४ सय बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो। अदालतले भ्रष्टाचार भएको ठहर गरे पनि अभियोगमा उल्लेख गरिएको सम्पूर्ण रकम घुसका रूपमा बरामद भएको वा बैंक खातामा जम्मा भएको पुष्टि हुने पर्याप्त प्रमाण नभेटिएको उल्लेख गरेको छ।

यद्यपि, मुद्दाको प्रकृति, प्रतिवादीहरूको भूमिका र उपलब्ध प्रमाणका आधारमा अदालतले बिगोबमोजिम दामासाही हिसाबले प्रतिव्यक्ति रु. १ करोड ५४ लाख २५ हजार २०० जरिबाना गर्ने निर्णय सुनाएको हो।