७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी: चिनियाँ कम्पनीसँग सम्झौता, १ वर्षमै सकाउने लक्ष्य



अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आइतबार ठेक्का सम्झौता भएको छ । १२ महिनामा काम सक्ने गरी मेलम्ची विकास समिति र सिनो हाइड्रोबीच सम्झौतामा हस्ताक्षर भएको हो । सिनो हाइड्रोले सुरुङ फिनिसिङको ठेक्का ८५ करोड एक लाख ९४ हजार चार ५८ रुपैयाँमा लिएको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

यससँगै १० महिनादेखि रोकिएको आयोजनाको काम सुरु हुने भएको छ । २९ मंसिरमा इटालियन कम्पनी सिएमसीले आयोजनाको काम छोडेपछि २४ माघमा सिएमसीसँगको ठेक्का तोड्ने निर्णय गरिएको थियो । सिनो हाइड्रोले आगामी २६ गतेबाट काम थाल्ने भएको छ । त्यसका लागि उसले ठेक्का सम्झौता हुनुभन्दा अघि नै फिल्ड भिजिटसमेत गरिसकेको छ । ‘कम्पनीले यसअघि नै फिल्ड भिजिट गरिसकेको छ,’ खत्रीले भने, ‘२६ गतेबाट काम सुरु हुन्छ ।’

हेडवक्र्सको ठेक्का सम्झौता केही दिनमा
सिनो हाइड्रोले करिब ९० करोड रुपैयाँमा हेडवक्र्स निर्माणको ठेक्कासमेत पाइसकेको छ । तर, आइतबार हेडवक्र्स निर्माणको ठेक्का सम्झौता भएन । समितिका अनुसार केही दिनभित्रै यससम्बन्धी ठेक्का सम्झौता गर्ने तयारी छ । ‘हामी हेडवक्र्सको सम्झौता गर्न तयारी हालतमा छौँ । कम्पनीको तयारी नपुगेकाले सम्झौता नभएको हो,’ खत्रीले भने, ‘कम्पनीलाई हेडवक्र्सको सम्झौता चाँडै गर्न ताकेता गरेका छौँ । एक–दुई दिनभित्रै सम्झौता भइसक्छ ।’

काठमाडौंमा मेलम्चीको पानी झार्न सुरुङ फिनिसिङको काम सकिन आवश्यक रहेकाले पहिलो प्राथमिकता सुरुङलाई दिइएको समितिले जनाएको छ । पानी काठमाडौं ल्याइसकेपछि पनि हेडवक्र्स निर्माणको काम गर्न सकिने समितिको भनाइ छ । ‘सुरुङ फिनिसिङ हुनेबित्तिकै काठमाडौंमा पानी ल्याउन सकिन्छ । हाम्रो पहिलो प्राथमिकता सुरुङकै काममा छ,’ खत्रीले भने, ‘हेडवक्र्सको काम सुरुङ फिनिसिङको कामसँगै अघि बढाउने योजना छ । पानी काठमाडौं ल्याइसके पनि पनि हेडवक्र्सको काम गर्न सकिन्छ ।’

काम चाँडो सके बोनस, ढिला गरे फाइन
समितिसँगको सम्झौताअनुसार साढे ६ महिनामै सुरुङ फिनिसिङको काम सके सिनो हाइड्रोले दैनिक ठेक्का रकमको ०.१५ प्रतिशत अर्थात् १२ लाख ७५ हजार बोनस पाउनेछ । तर, ठेक्का सम्झौताको अवधि १२ महिनासम्म पनि काम नसके सिनो हाइड्रोले फाइन तिर्नुपर्ने खत्रीले जानकारी दिए ।

‘सम्झौता अवधिभन्दा अघि काम सके दैनिक ०.१५ प्रतिशत बोनस पाउने र ढिला भए दैनिक त्यति नै दरमा फाइन तिर्नुपर्ने सम्झौता भएको छ,’ खत्रीले भने । सरकारले चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा नीति तथा कार्यक्रममार्फत गरिसकेको छ । सोही कारण चाँडो काम सके बोनस दिने र ढिलो गरे फाइन तिर्नेगरी सम्झौता भएको बताइएको छ ।

२४ करोडका आठ ठेक्का
सामान आपूर्तिका लागि करिब २४ करोडका आठ टेन्डरसमेत भइसकेका छन् । काम छोडेर हिँडेको सिएमसीले अर्डर गरेका सामान आइसकेको र त्यही सामान प्रयोग गर्ने गरी सम्झौता भएको समितिले जनाएको छ । समितिका अनुसार मेलम्चीकै लागि भनेर अर्डर गरिएका सामान भएकाले तिनै सामान प्रयोग गर्न लागिएको हो । नयाँ पत्रिका दैनिकबाट