९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो

राष्ट्रिय सभाको शुन्य समयः मल अभाव, प्रेस स्वतन्त्रता र सुरक्षा चुनौतीबारे सांसदहरूको सरकारको ध्यानाकर्षण

राष्ट्रिय सभाको शुन्य समयः मल अभाव, प्रेस स्वतन्त्रता र सुरक्षा चुनौतीबारे सांसदहरूको सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडाैँ । सांसदहरूले मुलुकमा व्याप्त मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या र सुरक्षा चुनौती लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शुन्य समयमा बोल्दै सदस्यहरूले किसानका समस्या समाधान गर्न र विधिको शासन कायम गर्न माग गरेका हुन् । सांसद गीता देवकोटाले सरकारको तथ्याङ्कमा मल भएपनि किसानको खेतमा मल नपुगेको भन्दै ‘कागजमा मल, खेतमा हाहाकार’ को अवस्था अन्त्य गर्न माग गर्नुभयो ।

सांसद सुनिलबहादुर थापाले कोशी प्रदेशमा मल अभावका कारण हालसम्म ३१.५ प्रतिशत मात्र रोपाईं भएको जानकारी दिँदै सम्भावित भोकमरीको जिम्मेवारी कृषि मन्त्रीले लिनुपर्ने बताउनु भयो । सांसद सम्झना देवकोटाले गोरखामा चैते धान र अन्य बालीमा भएको क्षतिको उल्लेख गर्दै किसानलाई उचित क्षतिपूर्ति र मल–बीउ उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो ।

सांसदहरू मीना सिंह रखाल, सुनिलबहादुर थापा र खम्मबहादुर खातीले सञ्चार गृह र राजनीतिक दलका नेताका निवास अगाडि सवारी साधन तेस्र्याएर आवागमन अवरुद्ध पारिएको घटनाको भत्र्सना गर्नुभयो । उहाँहरूले यसलाई ‘राज्य शक्तिको आडमा गरिएको प्रेसमाथिको दबाब’ र ‘गाडी आतंक’ को संज्ञा दिँदै दोषीमाथि कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गर्नुभयो । लोकतन्त्रमा आलोचना सुन्नुपर्ने र प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा उहाँहरूको जोड छ ।

सांसद रामकुमारी झाँक्रीले मन्त्रिपरिषद् सदस्यका सल्लाहकार, स्वकीय सचिव तथा शोधकर्ताहरूको नियुक्ति कुन कानून र सेवा शर्त बमोजिम गरिएको हो, त्यसको लिखित जानकारी सदनलाई दिन माग गर्नुभयो । सल्लाहकारका नाममा समानान्तर सत्ता सञ्चालन भएको र भ्रम सिर्जना गरिएको भन्दै उहाँले यसको निवारण हुनुपर्ने बताउनु भयो ।

सांसद रोशनी मेचेले नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या वार्षिक ५.०६ प्रतिशतले बढ्दै गएको भन्दै यसलाई गम्भीर मानवीय संकटका रूपमा लिन र प्रभावकारी नीति बनाउन सरकारको ध्यान आकृष्ट गराउनु भयो ।

सांसद रञ्जित कर्णले नेपाल ‘मिनी थाइल्यान्ड’ बन्दै गएको र देहव्यापारमा महिला तथा बालबालिका संलग्न भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सांसद धर्मेन्द्र पासवानले सिराहाको गोलबजारमा एक बालिकाको अपहरण प्रयास र दलित परिवारमाथि भएको आक्रमणको घटनाबारे जानकारी गराउँदै दोषीमाथि कारबाहीको माग गर्नुभयो । सांसद रेखाकुमारी झाले सुकुम्बासी बस्ती र होल्डिङ सेन्टरमा रहेका नागरिकलाई आधारभूत सुविधाबाट वञ्चित गरिएको भन्दै लालपुर्जा र राहतको प्रतिवद्धता पूरा गर्न सरकारलाई सचेत गराउनु भयो । –न्युज एजेन्सी नेपाल