३१ असार २०८३, बुधबार
,
Latest
भारतीय टमाटरको आयात बढेपछि स्वदेशी किसान आन्दोलित ताप्लेजुङमा उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान ‘प्रि–आईपीओ’ नाममा अवैध कारोबार गर्ने कम्पनीमाथि कारबाही हुन्छः सेबोन अध्यक्ष भट्ट कर्णाली मन्त्रिपरिषद् बैठकद्वारा विभिन्न निर्देशनालय सहित केन्द्र खारेज बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष भट्ट हेटौँडा कपडा उद्योगमा सरसफाई र विद्युत जडानको काम हुँदै बारा–पर्साका युवासँग गृहमन्त्री गुरुङको छलफल विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् ।

दिउँसो १ः०० बजे बस्ने बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१/८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस हुने कार्यसूची रहेको छ । उक्त प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पेस गर्नुहुनेछ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महाससन्धि, १९९३ सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ र अन्तरराष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं ८१)लाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, राष्ट्रियसभाको आजै १ः१५ मा बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले महान्यायाधिवक्ता कार्यालयको आव २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ । —