३० असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना सरकार विकासभन्दा विवादमा केन्द्रित भयो, लोकतन्त्रको रक्षामा प्रतिवद्ध बनौँः सन्दीप राना महिनावारीका कारण बालिकाहरूको शिक्षा र भविष्य नरोकियोस्ः सांसद अधिकारी जलन उपचारको प्रभावकारी संयन्त्र र घाइतेहरूको व्यवस्थापन गर्न सरकारसँग सांसद खुश्बु ओलीको माग ‘प्रश्न गर्नेको मुख थुन्ने काम मिडिया हाउसदेखि प्रतिपक्षी नेताको घरसम्म पुग्यो’: सांसद डा. अर्जुन कार्की उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता सरकार प्रश्नबाट भाग्न मिल्दैन, प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छः प्रमुख सचेतक दुलाल राष्ट्रिय सेवा दलः अनुशासित, सक्षम र कर्तव्यनिष्ठ युवा शक्ति निर्माणको राष्ट्रिय अभियान प्रतिनिधिसभाबाट केही समयमै बाहिरिए प्रधानमन्त्री शाह मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीका लागि सरकारलाई सभामुखको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार भ्रमणअघि उपराष्ट्रपति यादवले राष्ट्रपतिसँग गरे भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलससँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गर्नुभएको छ ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादव आजै कतार प्रस्थान गर्दै हुनुहुन्छ ।

उहाँ कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यसतर्फ जान लाग्नुभएको हो । उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलको तर्फबाट शोक सन्देश दिनुहुनेछ ।




भर्खरै