४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पहिलो राजीनामाको विवाद पश्चात महराले बुझाए दोस्रो राजीनामा

पहिलो राजीनामाको विवाद पश्चात महराले बुझाए दोस्रो राजीनामा
अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महराले महिलामाथि यौन दुव्र्यवहार प्रकरणपछि बुझाएको पहिलो राजीनामा उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकृत गरेपछि दोस्रोपटक राजीनामा बुझाएका छन् । छानबिन नसकिँदासम्मका लागि राजीनामा भन्ने व्यहोराप्रति आपत्ति जनाउँदै उपसभामुख तुम्बाहाम्फेले अस्वीकृत गरेपछि बुधबार भाषा सच्याएर दोस्रो राजीनामापत्र बुझाएका हुन् ।

‘छानबिन नसकिँदासम्म’ भन्ने शब्दावली हटाएको दोस्रो पत्र बुधबार बुझाए पनि मंगलबारकै मिति राखिएको छ । स्वकीय सचिवमार्फत मंगलबार बुझाएको पहिलो पत्रमा लेखिएको थियो, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताको आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

सच्चिएको दोस्रो राजीनामापत्र उपसभामुखलाई पुगेपछि संसद् सचिवालयले बुधबारै सूचना प्रकाशित गरी महराको राजीनामाबारे औपचारिक जानकारी गराएको छ । महराको राजीनामापछि उपसभामुख तुम्बाहाम्फेले सभामुखको जिम्मेवारी सम्हाल्ने सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले बताए । नयाँ सभामुख चयन प्रक्रिया भने आगामी संसद् अधिवेशन खुलेपछि मात्रै हुने उनले बताए ।

सभामुखका लागि को–को छन् दाबेदार ?
तत्कालीन एमाले र माओवादीबीच भागबन्डा हुँदा माओवादीबाट कृष्णबहादुर महरा सभामुख र एमालेबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख चयन भएका थिए । महराको राजीनामासँगै रिक्त सभामुख पदको जिम्मेवारी स्वतः उपसभामुख तुम्बाहाम्फेलाई गएको छ । तर, अब नेकपाले सभामुखमा नयाँ पात्रको खोजी गरे उपसभामुख नेकपाबाहिर कुनै पार्टीको भागमा पुग्छ । तुम्बाहाम्फेलाई नै सभामुख बनाए पनि उपसभामुख नेकपाबाहिर पुग्ने निश्चित छ ।

संविधानले नै सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्ने व्यवस्था गरेको छ । तर, नेकपाभित्र पूर्वमाओवादी पक्षले तुम्बाहाम्फेलाई सभामुखमा अस्वीकार गर्ने संकेत गरेको छ । महरा पूर्वमाओवादीबाटै सभामुख भएकाले फेरि यही पक्षको जोडबल छ । पूर्वसभामुख ओनसरी घर्ती, नेता देव गुरुङ र अग्निप्रसाद सापकोटा दाबेदार देखिएका छन् । राजधानी दैनिकबाट