२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान



अ+ अ-

काठमाडाैँ । भरतपुर अस्पतालले विभिन्न सरकारी तथा निजी संस्थामा प्रयोगमा नरहेका तर मर्मत तथा प्राविधिक व्यवस्थापनपछि सञ्चालन गर्न सकिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्न आह्वान गरेको छ ।

विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले अस्पतालले त्यस्ता उपकरण हस्तान्तरण गर्न आग्रह गरेको हो । अस्पतालका प्रवक्ता सहप्राध्यापक डा रामप्रसाद सापकोटाले अस्पतालको क्षमता अभिवृद्धि तथा डिजिटल रूपान्तरणको कार्य अघि बढाएकाले त्यस्ता उपकरण हस्तान्तरण भए सेवाप्रवाहलाई थप चुस्त तुल्याउन सहयोग पुग्ने बताउनुभयो ।

अस्पतालले डायलाइसिस मेसिन, भेन्टिलेटर, बिरामी निगरानी (पेसेन्ट मोनिटर), अल्ट्रासोनोग्राफी (युएसजी) मेसिन, एक्स–रे मेसिन, इईजी मेसिनलगायतका उपकरण हस्तान्तरण गर्न इच्छुक सरकारी तथा निजी संस्था र व्यक्तिलाई सम्पर्क गर्न अनुरोध गरेको छ । उहाँले भन्नुभयो, “अस्पतालमा दैनिक बिरामीको चाप बढ्दो छ । अन्य सरकारी वा निजी संस्थामा प्रयोगमा नरहेका तर सञ्चालनयोग्य स्वास्थ्य उपकरण भए भरतपुर अस्पतालले उपयोग गर्छ ।”

दैनिक तीन हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिने भरतपुर अस्पतालमा हाल उपचारका लागि भर्ना हुने बिरामीका लागि नेपाल सरकारतर्फबाट ३०० र अस्पताल विकास समितिका तर्फबाट ३०० श्यया छ । विशेषज्ञ सेवा विस्तारसँगै आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापनमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको अस्पतालले जनाएको छ ।




भर्खरै