४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राष्ट्रपति सीको भव्य स्वागत तयारीमा जुट्दै सरकार, रातारात बन्दै सडकखण्डहरु

राष्ट्रपति सीको भव्य स्वागत तयारीमा जुट्दै सरकार, रातारात बन्दै सडकखण्डहरु
अ+ अ-

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आउँदै छन् । चीनबाट २३ वर्षपछि हुन लागेको राष्ट्रप्रमुख स्तरीय भ्रमणलाई नेपालले उच्च प्राथमिकता दिँदै स्वागतको भव्य तयारी गरेको छ । राष्ट्रपति सीको भ्रमणमा छलफल हुने प्रमुख एजेन्डामा केरुङ–काठमाडौं रेलमार्ग छ । भ्रमणकै क्रममा यो विषयमा सम्झौता गर्ने दुवै पक्षको तयारी छ ।

अहिलेसम्म भएको तयारीअनुसार रेल निर्माणका लागि मिश्रित मोडालिटीमा हस्ताक्षर हुनेछ । बुधबार अबेरसम्म भएको छलफलअनुसार चीनले अनुदान र ऋण दुवै दिनेछ भने नेपालले पनि लगानी गर्नेछ । चीनले करिब ५० प्रतिशत अनुदान र २५ प्रतिशत ऋण दिने तथा नेपालले २५ प्रतिशत लगानी गर्ने सहमति भएको छ । तर, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने एकान्त वार्तामा यससम्बन्धी ठोस मोडालिटी टुंगिनेछ ।

स्रोतका अनुसार नेपालले रेलमार्गमा ८० प्रतिशत अनुदानका लागि चीनसँग छलफल गरिरहेको छ । शीर्ष वार्तामा सहमति भए समझदारीपत्र आदानप्रदान हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्ग निर्माणसम्बन्धी एजेन्डालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ । ‘बढीमा लगानी मोडालिटीमा र कम्तीमा विस्तृत सम्भाव्यता अध्ययनमा समझदारी हुन सक्छ,’ मन्त्रालयका एक अधिकारीले भने । अध्ययनका लागि आवश्यक लागत चीनले बेहोर्नेसम्मको समझदारी हुन सक्छ ।

यसअघि २४ मंसिर ०७५ मा चिनियाँ राष्ट्रिय रेल्वे संस्थाको अध्ययन टोलीले गरेको पूर्वसम्भाव्यता अध्ययनले केरुङ–काठमाडौं रेलमार्ग निर्माण चुनौतीपूर्ण भए पनि सम्भव रहेको देखाइसकेको छ । अध्ययनअनुसार नेपाली भू–भागमा मात्र रेलमार्गको लम्बाइ ७२ किलोमिटर रहनेछ । त्यस्तै, अन्तिम बिन्दु टोखा हुने सम्भाव्यता अध्ययनले देखाएको थियो । लागत भने तीन सय अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

अरनिको राजमार्ग स्तरोन्नतिदेखि टोखा–छहरे सुरुङमार्ग छलफलका एजेन्डा चिनियाँ राष्ट्रपति सीको भ्रमणमा नेपालले अरनिको राजमार्गलाई डबल लेनमा स्तरोन्नति गर्ने एजेन्डा प्रस्तुत गर्दै छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार नेपाल–चीन जोड्ने तातोपानी सीमा–नाका (मितेरी पुल) देखि धुलिखेलसम्म डबल लेन कालोपत्रे गर्ने विषय दुईपक्षीय भेटघाटमा उठाइनेछ । याक हिँड्ने बाटोलाई सन् १९६० मा चिनियाँ सहयोगमै सडकमा रूपान्तरण गरिएको थियो । अरनिको सडक नेपाल–चीन जोड्न पहिलो राजमार्ग हो ।

सिंहदरबारनजिकै माइतीघर मण्डलादेखि सुरु हुने यो राजमार्ग कोदारीस्थित मितेरी पुलमा गएर टुंगिन्छ । ११२ दशमलव ८३ किलोमिटर कुल लम्बाइको यो राजमार्गको धुलिखेलदेखि कोदारीसम्मको दूरी भने ८२ दशमलव ८३ किलोमिटर छ । काठमाडौंदेखि धुलिखेलसम्म सडक विस्तार भइसकेका कारण धुलिखेलदेखि कोदारी राजमार्गसम्मको सडक डबल लेनमा स्तरोन्नति गर्ने प्रस्ताव नेपालले गर्नेछ ।

नेपाल–चीन जोड्ने अर्को प्रमुख नाका केरुङ र काठमाडौं जोड्ने सडक काठमाडौं–गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी–केरुङ थप व्यवस्थित रूपमा निर्माण र स्तरोन्नतिका लागि पनि नेपालले चीनलाई प्रस्ताव गर्दै छ । दुई ठाउँमा सुरुङमार्ग खोलेर सडक छोट्याउन सीको भ्रमणमा प्रस्ताव गर्न लागेको हो । काठमाडौंस्थित टोखाबाट सुरुङमार्ग हुँदै छहरे–ढिकुरे–गँगटेनजिक पुरानो सडकमा लगेर जोड्ने गरी नयाँ प्रस्ताव तयार गरिएको छ ।

तर, निर्माण थाल्नुअघि अत्यावश्यक कुनै तहको अध्ययन अहिलेसम्म भएको छैन । यसकारण तत्काल अध्ययन थाल्ने र निर्माणको लागि एजेन्डमा राखिनेछ । यस सुरुङमार्गलाई सम्भाव्यता वा पूर्वसम्भाव्यता अध्ययन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्राथमिकतामा छ । सडक विभागका अनुसार यो सुरुङ ४ देखि ६ किलोमटिर लम्बाइको हुने अनुमान छ । त्यस्तै, यही सडकअन्तर्गत बेत्रावतीदेखि रसुवागढीसम्म नयाँ सुरुङमार्ग प्रस्ताव गरिएको छ ।

यसको लम्बाइ करिब २० किलोमिटर हुने सडक विभागका अधिकारी बताउँछन् । निर्माणको चरणमा पुग्नुअघि करिब २ वर्ष अध्ययन गर्नुपर्ने उनीहरूको भनाइ छ । हाल काठमाडौं–गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी–केरुङ सडकको लम्बाइ ८२ किलोमिटर छ । दुई सुरुङमार्ग बने यो सडकको दूरी करिब आधा नै छोटिने अधिकारीहरू बताउँछन् ।

नेपाल–चीन जोड्ने हिल्सा, कोरला र किमाथांका नाकामा भन्सार कार्यालय, सुरक्षा पोस्टलगायत पूर्वाधार निर्माण गर्ने एजेन्डा पनि नेपाली पक्षले प्रस्ताव गर्दै छ । ‘यी नाकाको विकासले दुई देशमा भइरहेको उत्पादन र उपभोक्तालाई सजिलो बनाउनेछ,’ सरकारका प्रवक्ता गोकुल बास्कोटाले भने । यी विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको र भ्रमणको दौरानमा पनि थप परिस्कृत हुने उनले बताए । अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण र सीमा व्यवस्थापन पनि नेपालका एजेन्डा छन् । नयाँ पत्रिका दैनिकबाट