४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दण्डहीनता मौलाउँदा सिंहदरबार भित्रकै निजामती कर्मचारीहरुमा कामको बेवास्ता

दण्डहीनता मौलाउँदा सिंहदरबार भित्रकै निजामती कर्मचारीहरुमा कामको बेवास्ता
अ+ अ-

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै निजामती कर्मचारीहरू अत्यधिक रूपमा कामचोर देखिएका छन् । समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति मौलाउँदो छ । माथिल्लो तहबाट सशक्त अनुगमन नहुँदा कर्मचारीमा कुनै त्रास देखिँदैन । यस्तै समस्या अन्य सरकारी कार्यालयमा पनि छ ।

कर्मचारीमा कामचोर प्रवृत्ति मौलाउँदै जान थालेपछि प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा आकस्मिक छड्के जाँच गरेको छ । छड्के जाँचका क्रममा सयौं कर्मचारी बिनाजानकारी अनुपस्थित रहेको पाइएको हो । सतर्कता केन्द्रका अनुसार मन्त्रालयका कर्मचारीहरूले नै नियमको पालना नगर्ने गरेको पाइएको छ । केन्द्रले कार्यालय समयमा गरेको अनुगमनका क्रममा निम्नदेखि उच्च तहका कर्मचारीले अनुशासन उल्लंघन गरेको पाइएको हो ।

केन्द्रले बिहान १०ः१५ बजे नौवटा मन्त्रालयमा गरेको छड्के अनुगमनका क्रममा समयको पालना नगर्ने, बिदा स्वीकृत नगराई अनुपस्थित रहने तथा तोकिएको पोसाक नलगाई कार्यालयमा उपस्थित हुने दुई सय बढी कर्मचारी रहेका छन् । कामचोरदेखि अनुशासन उल्लंघन गर्ने ती सबै कर्मचारीलाई आवश्यक कारबाही गर्न सम्वन्धित मन्त्रालयलाई लेखी पठाइने तयारी गरिएको केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले जानकारी दिए ।

सहायक प्रवक्ता अर्यालका अनुसार निर्धारित समयमा अनुपस्थित हुने र अनुशासन उल्लंघन गर्नेलाई ‘निजामती सेवा ऐन,२०४९’ को दफा ५५ (क) अनुसार कारबाहीका लागि सिफारिस गरिनेछ । छड्केमा पर्ने कर्मचारीहरूमाथि आवश्यक विभागीय कारबाही हुनेछ । सहायक प्रवक्ता अर्यालले पटक–पटक नियम उल्लंघन गर्ने कर्मचारीहरूको सरुवा बढुवा तथा वृत्ति विकासमा समेत असर पर्ने बताए । यद्यपि, सतर्कता केन्द्रले कारबाहीको सिफारिस गरे पनि सम्बन्धित मन्त्रालयले भने कर्मचारीलाई कारबाही नगरी सतर्कता केन्द्रको पत्रलाई त्यसै थन्काइदिने गरेका छन् ।

जसका कारण कर्मचारीमा दण्डहीनता बढ्दै गइरहेको केन्द्रका अधिकारीको अनुभव छ । केन्द्रले विभिन्न मन्त्रालयमा गरेको अनुगमनबाट १३६ कर्मचारी कार्यालय समयमा अनुपस्थित रहेको, ६६ जना बिदा स्वीकृत नगराई अनुपस्थित रहेको र १३ जना पोसाकबिना नै कार्यालयमा उपस्थित रहेको पाइएको केन्द्रले जनाएको छ । केन्द्रको अनुगमनका क्रममा नियम उल्लंघन गर्नेमा सहसचिवदेखि श्रेणीविहीन कर्मचारीसम्म पाइएका छन् । यसअघि भएका अनुगमनका सिफारिस अनुसार कारबाही नहुँदा कर्मचारीमा अनुशासन पालना नगर्ने प्रवृत्ति बढेको प्रशासनविद्हरू बताउँछन् ।

अनुगमनमा परेका मन्त्रालय केन्द्रले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय ,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा नियम उल्लंघन गर्नेमा सबैभन्दा बढी ४९ जना श्रम मन्त्रालयका कर्मचारी रहेको पाइएको छ । त्यसपछि क्रमशः सामान्य प्रशासन मन्त्रालयका ४६, भूमि व्यवस्था मन्त्रालयका २८, ऊर्जाका २१, वन मन्त्रालयका २१, महिला बालबालिका मन्त्रालयका १९, यातायातका १५, शिक्षा मन्त्रालयका १०, सहरी विकास मन्त्रालयका ६ जना छन् ।

निजामती सेवा ऐनमा व्यवस्था भएका कर्मचारीका आचरण – समय पालना र नियमितता
– अनुशासन र आज्ञापालन
– अन्यत्र नोकरी वा सेवा गर्न नहुने
– स्थायी आवासीय अनुमति लिन नहुने
– प्रदर्शन र हडताल गर्न प्रतिबन्ध

दण्डहीनता मौलाउँदा काममा बेवास्ता प्रशासनका जानकारका अनुसार अधिकांश निजामती कर्मचारीमा अझै पनि केन्द्रीकृत मानसिकता हावी छ । काम नगर्दा पनि कुनै कारबाही नहुने भएकाले उनीहरू कामचोर बन्ने गरेका छन् । अधिकांश मन्त्रालयमा आवश्यकभन्दा बढी कर्मचारी रहेकाले कर्मचारीहरूले बिजनेस नै पाउँदैनन् । बिजनेसविहीन भएपछि उनीहरू आफ्नो स्वार्थअनुसारको काममा लाग्ने गरेको प्रशासनविद्को भनाइ छ ।

छैन अनुगमन संयन्त्र
मन्त्रालयका महाशाखादेखि शाखामा कार्यरत कर्मचारीहरू कुन समयमा आउँछन् र के के काम गर्छन् भन्ने बारेमा अनुगमन गर्ने कुनै संयन्त्र नै छैन । अधिकांश विभागीय प्रमुखहरू आफैं पनि कामचोर हुँदा आफू मातहतका कर्मचारीको अनुगमन गर्दैनन् ।

कहाँ जान्छन् कर्मचारी ?
– विभिन्न भत्ता आउने मिटिङमा
– लोकसेवा पढाउन
– बाहिरी काममा
– आफ्नै व्यापारमा राजधानी दैनिकबाट