४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

त्रिभुवन विश्वविद्यालयमा २१ अर्ब बेरुजु देखिएपछि आन्तरिक लेखा परीक्षण शुरू

त्रिभुवन विश्वविद्यालयमा २१ अर्ब बेरुजु देखिएपछि आन्तरिक लेखा परीक्षण शुरू
अ+ अ-

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो। महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ। त्रिविले हालसम्म पश्चिम क्षेत्रका सम्पूर्ण क्याम्पस र एकाइ तथा उपत्यका र केन्द्रमा रहेका अधिकांश विभाग, डीन कार्यालय, संकाय, अध्ययन संस्थानको आन्तरिक लेखा परीक्षण गरिसकेको जनाएको छ।

‘उपत्यकाका सबै निकायको नौ महिनाको आलेप सम्पन्न गरी आइतबारबाट पूर्वाञ्चलको आलेपको काम शुरू गरेका छौं’, रजिस्ट्रार दिल्लीराम उप्रेतीले भन्नुभयो– ‘कात्तिक महिनाभित्र सम्पूर्ण निकायको आलेप सम्पन्न गरी कार्यकारी परिषद्मा पेस गर्ने तयारी भइरहेको छ।’ त्रिविले करिब ८५ करोड रुपियाँबराबरको बेरुजु सम्परीक्षण सम्पन्न गरेको छ। करिब ९ करोड रुपियाँबढी खर्च भएकोमा ७ करोड रुपियाँबराबरको आलेप सम्पन्न गरी त्रिवि कार्यकारी परिषद्मा पेस गरेको छ।

त्रिविले बेरुजु भएका निकायको आलेप गरेपछि त्रिवि कार्यकारी परिषद्मा पेस गर्ने कार्यकारीले स्वीकृत गरी सम्परीक्षण गर्न महालेखा परीक्षकको कार्यालयमा पठाउने जनाएको छ। त्रिविको बजेटभन्दा बढी खर्च भएका निकायले करिब १६ अर्ब रुपियाँबढी खर्च गरी बेरुजु बढाएको रजिस्ट्रार उप्रेतीले बताए । महालेखा परीक्षकको प्रतिवेदनमा तत्काल बेरुजु घटाउन निर्देशन गरिएको बताउँदै उनले बेरुजु सकेसम्म शून्यमा झार्ने दाबी गरे ।

त्रिविले गत आवमा चालुतर्फ १ सय ३४ मध्ये १ सय २१ निकाय र बक्यौतातर्फ १ सय १५ मध्ये ७० निकायको लेखा परीक्षण गरेको छ। चालुतर्फ १३ र बक्यौतातर्फ ४५ निकायले आलेप सम्पन्न गरी आर्थिक विवरण पेस गरेका छैनन्। उहाँका अनुसार महालेखा परीक्षक कार्यालयको ५४औं प्रतिवेदनमा ३ सय ८०, ५५औंमा २ सय ७८ निकायको लेखा परीक्षण भएको थिएन। ती निकायको हालसम्म बक्यौता यथावत् रहेको छ।

५६औं प्रतिवेदनमा २ सय १३ निकायको लेखा परीक्षण नभएको उल्लेख छ। महालेखाले २ सय १३ निकायको बक्यौता देखिए पनि वास्तवमा २ सय ९ को मात्र बक्यौता रहेको त्रिविको भनाइ छ। तीमध्ये १ सय १८ निकायको फरकफारक गर्ने प्रक्रियामा रहेको छ। ७ निकायको मलेप र ५४ वटाको आलेप सम्पन्न भएको छ। यस्तै चालु आर्थिक वर्ष ०७५÷०७६ मा २६ निकायको मलेप सकिने रजिस्ट्रार उप्रेतीको भनाइ छ।

आर्थिक र प्रशासनको प्रमुखसमेत रहनुभएका रजिस्ट्रार उप्रेतीले २ सय १३ मध्ये १ सय १८ को फरकफारक भए ९५ निकायको मात्र बेरुजु घट्ने बताउनुभयो। प्रतिवेदनमा आन्तरिक आय दाखिलातर्फ नियमित शीर्षकबाहेक अन्य आम्दानीको १० प्रतिशत रकम विश्वविद्यालयको कोषमा जम्मा गर्नुपर्ने उल्लेख छ।

तीमध्ये विश्वविद्यालयका ३० एकाइले अन्य आम्दानी देखाएको १ अर्ब ९ करोड रुपियाँको १० प्रतिशतको करिब १० करोड रुपियाँकोषमा जम्मा नगरी अनियमितता भएको देखिएको छ।
त्रिविले बेरुजु घटाउने प्रक्रिया अघि बढाइएको बताउँदै यो वर्ष करिब ३ अर्ब घटाउने योजना रहेको जनाएको छ। नेपाल समाचारपत्र दैनिकबाट