४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कानुनभन्दा ठुलो कोही छैन्, शक्तिमा रहेकाहरू नै धमाधम पक्राउ पर्दै

कानुनभन्दा ठुलो कोही छैन्, शक्तिमा रहेकाहरू नै धमाधम पक्राउ पर्दै
अ+ अ-

काठमाडौं । नेपाली समाजमा वर्षौदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ । शक्तिमा रहेकाले जतिसुकै अपराध गरे पनि कारबाही नहुने प्रवृत्ति लामो समयदेखि रहँदै आयो ।

तर, वर्तमान सरकारले अपराध कर्म गरेका र शक्तिमा रहेकालाई समेत धमाधम पक्राउ गर्न थालेपछि भने केही आशा पलाएको छ तर कानुनी राजका यस्ता शृंखलाले निरन्तरता पाउलान् रु सर्वत्र चासोका साथ यस्तै प्रश्न सोध्न थालिएको छ । जनताबाट विश्वासको मत पाएर निर्वाचित भएपछि माननीय (सांसद) बनेका वा त्यसअघि उनीहरूले गरेका गलत क्रियाकलापको धमाधम भेद खुल्न थालेपछि उनीहरू पक्राउ पर्ने शृंखला बढेको हो ।

विगतमा राजनीतिक शक्तिका आडमा विभिन्न गतिविधिमा सक्रिय रहेका सांसद तथा नेताविरुद्ध परेका उजुरीउपर प्रहरीले धमाधम एक्सन लिन थालेपछि उनीहरू पक्राउ परी कानुनी प्रक्रियामा आउन थालेका हुन् । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा १९ असोजमा पक्राउ परेपछि अन्य माननीयहरू तथा शक्तिमा रहेका अन्य विरुद्ध परेका उजुरीउपर समेत प्रहरीले धमाधम पक्राउ पुर्जी जारी गर्न थालेको छ भने केही सांसद पक्राउ परिसकेका छन् ।

तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका महरा यौन दुव्र्यवहारको आरोपपछि हाल प्रहरी हिरासतमा छन् । उनीमाथि प्रहरीले हिरासतमा नै राखेर अनुसन्धान अघि बढाइरहेको छ । महरालाई अनुसन्धान गर्न थप गरिएको पछिल्लो म्याद आज (बिहीबार) सकिँदै छ ।महरापछि नेपाली कांग्रेसका तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित मोहम्मद अफताब आलम समेत प्रहरी हिरासतमा पुगेका छन् । उनीमाथि १२ वर्षअघि पहिलो संविधानसभा चुनावका समयमा बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोग छ ।

प्रहरीले कांग्रेस सांसद आलमलाई २६ असोजमा रौतहटबाटै पक्राउ गरेको थियो । उनीमाथि समेत जिल्ला अदालत रौतहटबाट म्याद थप गरेर अनुसन्धान हुँदै छ । नेपाल प्रहरीका पूर्वएआईजी गंगा पाण्डे लोकतान्त्रिक देशहरूमा कानुनभन्दा माथि कोही नहुने र गल्ती गरेपछि कानुनी दायरामा आएर सजायको भागी हुनैपर्ने बताउँछन् । ‘लोकतान्त्रिक देशमा कानुनभन्दा माथि कोही हुँदैन, गल्ती गरेपछि ढिलोचाँडो कानुनी दायरामा आउनैपर्छ, कानुन कार्यान्वयन गर्ने निकायबाट त्यो किसिमको भेदभाव हुनु पनि हुँदैन,’ पूर्व एआईजी पाण्डेले भने ।

सांसद पक्राउकै शृंखलामा अर्को पात्र राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्र्वािचत प्रमोदकुमार साहसमेत बनेका छन् । उनलाई प्रहरीले २८ असोजमा काठमाडौंबाट पक्राउ गरेको थियो । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले साहलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले जनकपुरमा नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनलाई काठमाडौं विमानस्थलबाट पक्राउ गरेर जनकपुर लगिएको थियो ।

गत सोमबार जनकपुर विमानस्थलमा ११ः४० बजे आउनुपर्ने विमान डेढ बजेसम्म नआएको र यसमा कर्मचारीको लापर्बाही रहेको भन्दै आक्रोशमा आएका सांसद साहले तोडफोड तथा कर्मचारीलाई दुव्र्यवहार गरेका थिए । नागरिक उड्डयन कार्यालय जनकपुरको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । यसैगरी, राजपाका सांसद रेशमलाल चौधरीसमेत हाल जेल सजाय भोगिरहेका छन् । उनलाई टीकापुरमा भएको जघन्य हत्याको घटनामा अदालतले दोषी ठहर गरेको थियो ।

उनी प्रतिनिधिसभा निर्वाचनका क्रममा राजपाका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री अग्नि सापकोटाविरुद्ध परेको कर्तव्य ज्यानसम्बन्धी मुद्दा समेत हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । सो मुद्दाको सुनुवाइ पटकपटक सर्दै आएको छ । सापकोटा र पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायतका नेताविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, सुशील प्याकुरेलसमेत आठ जनाले निवेदन दायर गरेका थिए ।

२२ चैत २०७२ मा सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमायाले ७ मंसिर २०६९ मा रिट निवेदन दायर गरेकी थिइन् । सो रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदै छ । यसैगरी जनकपुरमा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फोटमा संलग्न रहेका पूर्वसांसद तथा राज्यमन्त्री सञ्जय शाहलाई जन्मकैदको फैसला भइसकेको छ ।

सांसद गुरुङविरुद्ध पक्राउ पुर्जी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसद पार्वत गुरुङलाई पक्राउ गर्न दोलखा प्रहरीले ३५ दिने म्याद जारी गरेको छ । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई ज्यान मार्ने उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले २२ दिनअघि अर्थात् ८ असोजमा नै पक्राउ पुर्जी तामेल गरेको हो । उनीसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले बताएको छ ।

गुरुङविरुद्ध दोलखाका वीरध्वज खड्काले २९ वैशाख २०७६ मा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराएका थिए । २०७४ वैशाखको स्थानीय निर्वाचनका समयमा खड्कामाथि राजधानीको गौशालामा आक्रमण भएको उजुरीमा उल्लेख छ । राजधानी दैनिकबाट