१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह



अ+ अ-

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका संरचना निर्माण नगर्न स्थानीयले आग्रह गरेका छन् ।

प्रदेश सरकारका विभिन्न निकायले आर्थिक वर्षको अन्त्यमा राष्ट्रिय शहीद तथा शान्ति पार्क र निजामती स्मारक निर्माणाधीन वन क्षेत्रमा एकाएक धेरै सिमेन्टका संरचना निर्माण गर्न थालेपछि स्थानीयले त्यसको विरोध गर्दै निर्माण रोक्न आग्रह गरेका हुन् ।

गोकर्णेश्वर नगरपालिकाले पनि उद्यान क्षेत्रमा सिमेन्टका संरचना जथाभावी निर्माण नगर्न पत्राचार गरेको थियो

मन्त्रिपरिषद्ले २०६४ जेठ ११ गते गोकर्णमा राष्ट्रिय शहीद पार्क तथा निजामती स्मारक निर्माण गर्ने निर्णय गरेको थियो । हाल शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत यो पार्क निर्माणाधीन छ । रासस




भर्खरै