७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्टभन्दा राम्रो काम गर्नुस् : सभापति देउवा



अ+ अ-

काठमाडौं । नेपाली काग्रेस पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा चुनाव जितेका प्रमुख/उपप्रमुखलाई सभापति शेरबहादुर देउवाले कम्युनिष्टले भन्दा राम्रो काम गर्न निर्देशन दिएका छन्।

भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार सुरू गरेको कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले भने, ‘हामीले चुनाव जितेका ठाउँमा कम्युनिष्टले भन्दा राम्रो काम गरेर देखाउनुपर्छ। कामबाट नै कम्युनिष्टभन्दा हामी फरक हो भन्ने देखाउनुपर्यो।’

कम्युनिष्टहरूले जितेका स्थानीय तहमा भन्दा कांग्रेसले जितेका ठाउँमा फरक र राम्रा काम हुनुपर्ने देउवाको भनाइ थियो। ‘जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी राम्रो काम गरेर देखाउनुपर्छ,’ देउवाले भने। उनले कर्मचारीहरूले असहयोग गरेको पनि बताए। ‘जनताको करबाट पारिश्रमिक खाने कर्मचारीहरू यो वा त्यो कुनै पार्टीमा लागेर काम गर्न हुन्न,’ उनले भने, ‘कर्मचारीले असहयोग गरे भने हामी हिसाब राख्छौं।’