४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पार्टी मिले पनि सांसदहरु भने मिल्नै सकेनन्

पार्टी मिले पनि सांसदहरु भने मिल्नै सकेनन्
अ+ अ-

काठमाडौं । संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन लगायो। तत्कालीन एमालेको कार्यालयमा संसद् सचिवालयले प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष बनायो। तर, रातारात तयार पारिएको कोठा एक वर्षदेखि अलपत्र छ। उनले तत्कालीन माओवादीलाई छुट्याइएको भवनबाटै काम गर्दै आएका छन्।

राष्ट्रियसभा दलका नेता दीनानाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईका लागि पनि कार्यकक्ष तयार पारिए। गुरुङ र शर्मा पूर्वएमालेको कार्यालयमा बस्न नमानेको संसद् सचिवालयका पदाधिकारी बताउँछन्। भट्टराईले भने दलको कार्यालयबाटै कार्यालय सञ्चालन गरिरहेका छन्। यसअघि भट्टराईको कार्यकक्ष तत्कालीन माओवादी संसदीय दल रहेको २ नम्बर भवनमा थियो। ‘संसद् सचिवालय परिसरमा जता बसे पनि हुन्छ’, प्रमुख सचेतक गुरुङ भन्छन्, ‘संसद् सचिवालयले दिएकै स्थानमा बसेर काम गरिरहेको छु।’

नेकपाले दलका पदाधिकारीका कार्यालय एउटै परिसरमा राख्ने तयारी गरेको थियो। तर, दुवै धारका नेता पुरानै ठाउँका कार्यकक्षमा बस्ने गरेका छन्। पूर्वमाओवादी पक्षका पदाधिकारी संसद् सचिवालयको २ नम्बर भवन र पूर्वएमाले पक्षका पदाधिकारी तत्कालनी दल परिसरका कार्यालयबाट कामकाज सञ्चालन गरिरहेका छन्। सांसदहरूको आउजाउ पनि पूर्ववत् कार्यालयमै हुुने गरेको छ।

‘पूर्वमाओवादीका साथीहरू काम पर्दा मात्र नेकपा संसदीय दलको परिसरमा आउन रुचाउनुहुन्छ’, पूर्वएमाले पक्षका एक सांसद भन्छन्, ‘सांसदहरूबीच भावनात्मक रूपमा पार्टी एकता भएको छैन। पूर्वमाओवादीका साथीहरू २ नम्बर भवनतिर, पूर्वएमालेका साथीहरू पूर्वएमालेको कार्यालयतिर आउने–जाने गर्नुहुन्छ।’ प्रमुख सचेतक गुरुङ भने जता बसे पनि दलको काममा अप्ठ्यारो नपरेको तर्क गर्छन्। ‘एउटै ठाउँमा बस्दा सहज हुन्छ भन्ने कसैको सोचाइ होला’, उनी भन्छन्, ‘तर, दलको काममा अप्ठ्यारो परेको छैन।’

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकतापछि नेकपाको दल कार्यालय तोकिएको थियो। दलका नेता एवं प्रधानमन्त्री केपी ओलीको कार्यकक्षसामुन्ने उपनेता सुवास नेम्बाङको कार्यकक्ष छ। नेम्बाङको कार्यकक्षको सामुन्ने गुरुङ, शर्मा र भट्टराईका कार्यकक्ष तयार पारिएका थिए। सचेतक शान्ता चौधरीको कार्यकक्ष सुरुमा गुरुङलाई दिने भनिएको थियो। त्यसमा गुरुङको असन्तुष्टिपछि नयाँ कार्यकक्ष बनाइएको थियो। तापनि उनी त्यहाँ बस्न मानेनन्।

‘सबै पदाधिकारीको कार्यकक्ष एउटै परिसरमा हुँदा एकातिर पार्टी एकताको सन्देश जाने, अर्कोतर्फ दल सञ्चालनमा पनि सहजता हुने बुझेका थियौं’, एक सांसद भन्छन्, ‘तर, जिम्मेवार पदाधिकारी नै अलग–अलग ठाउँमा बस्दा हामी ९सांसदहरू०लाई अप्ठ्यारो महसुस भइरहेको छ।’

लेबी अझै छुट्टाछुट्टैपार्टी एकताको डेढ वर्षसम्म सांसदहरूको लेबीमा एकरूपता छैन। पूर्वएमाले धारका सांसदले प्रतिमहिना १३ हजार र माओवादी केन्द्र धारकाले १२ हजार रुपैयाँ पार्टीलाई तिरिरहेका छन्। जति तिरे पनि पार्टीमै जाने प्रमुख सचेतक गुरुङ बताउँछन्। संसद् सचिवालयको लेखा शाखाले लेबी रकम कट्टा गरेर मात्र सांसदलाई पारि श्रमिक पठाउने गरेको छ। अन्नपुर्णपोष्ट दैनिकबाट