४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

महराको इन्कारी बयान: अभिभावक समान रहेकाले जबरजस्तीकरणी कल्पना पनि गर्न नसक्ने

महराको इन्कारी बयान: अभिभावक समान रहेकाले जबरजस्तीकरणी कल्पना पनि गर्न नसक्ने
अ+ अ-

काठमाडौं । जबर्जस्तीकरणी अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला सरकारी वकिलसमक्ष इन्कारी बयान दिएका छन् । पीडित भनिएकी महिलासँग पारिवारिक सम्बन्ध रहेको र उनको अभिभावक समान रहेकाले जबरजस्तीकरणी कल्पना पनि गर्न नसक्ने भन्दै उनले इन्कारी बयान दिएका हुन् । महिलासँग आफ्नो पुरानो चिनजान भएको र घटना भएको दिन आफू घरभित्र प्रवेश नगरेको महराको भनाइ छ ।

घटना भएको दिन आफू महिला बसेको घर पर नै रहेर फोन गरेको, तर उनले रिसिभ नगरेपछि १५ मिनेटमै फर्किएको महराले बयान दिएका छन् । उनले केही विधेयकप्रति असन्तुष्टि जनाएकाहरूले नै आफूलाई झुटो आरोपमा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । महराले आफू महिलाको घर नै नगएकाले घटनास्थलमा भेटिएका रक्सी, जुत्ताको तलुवा र चस्मा आफ्नो नभएको दाबी गरेका छन् । कुटपिटका कुरा निराधार र कल्पनाभन्दा बाहिरको कुरा भएको बताए ।

चस्माबारे सोधिएको प्रश्नमा महराले लगाइरहेको चस्मा देखाउँदै भने, ‘मेरो चस्मा त यही हो लगाइरहेकै छु ।’ जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार महरासँग लिने बयान सकिएको छ । काठमाडौं जिल्ला अदालतले महरालाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ । सरकारी वकिलले महरासँग बयान लिने काम सकिए पनि अनुसन्धानका अन्य काम बाँकी रहेको भन्दै सात दिनको समय माग गरेको थियो ।

तर, अदालतले भने पाँच दिनको मात्रै म्याद थप गर्न अनुमति दियो । शनिबारबाट लागू हुने गरी पाँच दिनको म्याद थपको अनुमति दिएको अदालतको श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । महरालाई अनुसन्धान गर्न पहिलोपटक दिएको १३ दिनको समयावधि शनिबार सकिएको थियो ।

अदालतसमक्ष पीडितको आफ्नै जाहेरीविरूद्ध अर्को लिखित निवेदन
पीडित भनिएकी महिलाले प्रहरीसमक्ष दिएको किटानी जाहेरीविरूद्ध जिल्ला अदालतमै पुगेर लिखित निवेदन दिएकी छिन् । उनले सोधपुछका लागि भनेर बोलाएको प्रहरीले नौ घन्टासम्म बन्धक बनाएर शारीरिक र मनोवैज्ञानिक दबाब दिएर करणी प्रयास गरेको निवेदन दर्ता गराएको भन्दै आइतबार अदालतमा आफैं उपस्थित भएर लिखित निवेदन दिएकी छिन् ।

‘पीडितले नै हुलाकमार्फत आफूले पठाएको निवेदन प्रहरीले दर्ता गर्न नमानेको भन्दै लिखित निवेदन लिएर आज अदालतसमक्ष आएकी हुन् । इजलासले मिसिलमा राख्नु भन्ने आदेश दिएकाले राखिएको हो । त्यो निवेदन मान्ने नमान्ने भन्ने कुरा पछि अदालतले निर्णय गर्छ,’ अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने । आफू धेरै बोल्न नसक्ने भन्दै महिलाले आफ्ना अन्य उजुरी झुटो भएको भन्दै इजलाससमक्ष पेस गरेकी थिइन् ।

उनले महरा आफ्नो घर नै नआएको निवेदन अदालतसमक्ष प्रस्तुत गरेकी छिन् । १२ असोजमा महरा आफ्नो घरमा नआएको र १५ असोजमा प्रहरीसमक्ष सत्यतथ्य नै बताएको उनले उल्लेख गरेकी छिन् । उनले आफ्नो लिखित उजुरी प्रहरीले दर्ता गर्न नमानेकोसमेत आरोप लगाएकी छिन् । ‘मेरो शारीरिक अवस्थाको फाइदा उठाउँदै म एक्लै भएका वेला जबर्जस्ती कोठामा आई मेरो अन्तर्वार्ता लिएर मेरो अनुमतिविना सामाजिक सञ्जालमा हाली मेरो साथै उच्च ओहोदाको व्यक्तिको बेइज्जत गर्ने अनावश्यक घटनालाई जोडी पारिवारिक विखण्डन गराइयो,’ उनले भनेकी छिन् ।

फरेन्सिक ल्याबको रिपोर्ट अझै आएन
घटनास्थल वरपरकासँग घटनाबारे जानकारी लिन बाँकी रहेकोलगायत कारण देखाउँदै सरकारी पक्षबाट सात दिनको म्याद मागेकोमा न्यायाधीश बाबुराम सुवेदीले पाँच दिनको म्याद थपको आदेश दिए । पीडित महिलाको घरबाट प्रहरीले बरामद गरेको चस्मा, रक्सी–गिलास, जुत्ताको तलुवालगायत सामग्री परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला ९फरेन्सिक ल्याब० पठाएकको रिपोर्ट अझै आएको छैन ।

गत १२ असोजमा काठमाडौंको तीनकुनेस्थित आफ्नै डेरामा आएर महराले बलात्कार प्रयास गरेको भन्दै १८ असोज ९फूलपाती०मा महिलाले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी थिइन् । जाहेरीको भोलिपल्ट १९ असोजमा अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले महरालाई सभामुखनिवास बालुवाटारबाट पक्राउ गरेको थियो । नयाँ पत्रिका दैनिकबाट