काठमाडौं । राजधानीको बौद्धबाट नक्कली नोट बनाउने मेसिनसहित ३ जना पक्राउ परेका छन्। विशेष सुराकीको आधारमा सोमबार बिहान महानगरीय प्रहरी बौद्धले छापा मार्दा नक्कली नोट बनाउने मेसिनसहित ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ३ बाट नक्कली नोट बनाउने मेसिनसहित महेन्द्र नेपाली, पृथ्वीराज भन्ने राजन परियार र सन्तोष नेपालीलाई पक्राउ गरेको हो ।
प्रहरीले एक हजारका १७ थान नक्कली नोट, अगाडि खाली भएको र पछाडितिर हात्ती प्रिन्ट भएका एक हजार जस्तो देखिने १५ थान नक्कली नोट बरामद गरेको हो। नक्कली नोट बनाउने मेसिन, नोटमा राखिने टल्कने (झिलझिले) वस्तु, पेन ड्राइभ, प्रिन्टर, कैची, पानीटेप, फेविकलकालगायतका सामान बरामद गरिएको सुवेदीले जानकारी दिए। दोलखा घर भएका उनीहरु बौद्धमा कोठा लिएर बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।