३० श्रावण २०८३, शनिबार
,
Latest
एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख ‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैं गरिवी झेल्नुपरेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिदै उहाँले श्रम शक्तिबाट मुलुकको सम्पदालाई सम्पत्तिमा रुपान्तरण गर्न सकिने भएकाले श्रमलाई अभियानको रुपमा अघि बढाउन आवश्यक रहेको पनि बताउनु भयो ।

अध्यक्ष राईले श्रमलाई माया गरेर अघि बढन पनि सबैलाई आह्वान गर्नुभयो । श्रमले मात्रै मुलुकमा आयआर्जन बढाउने हुनाले त्यसलाई हेयको दृष्टिले हेर्न नहुने उहाँको भनाई थियो ।

अध्यक्ष राईले भन्नुभयो,‘मेरो जहिले पनि एक खालको वैचारिक आन्दोलन विद्रोह भनौ वा असन्तुष्टि के रहन्छ भने हामीले श्रम र श्रमिक, श्रम भन्ने विषयसँग हामी यति टाढा गयौँ कि शिक्षाले नै हामीलाई त्यस्तो बनायो । काम गर्ने मानिस भनेपछि हामी घिनाउँछौँ । पसिना बगाउनेभनेपछि हामी अल्छी मान्छौँ । काम र काम गर्ने मान्छेलाई वर्षौवर्षदेखि विभेद गरेको छ हाम्रो समाजले । काम गर्ने मानिसलाई कामी भनेर घर भित्र हुल्न नदिने समाज अझै चेन्ज भएको छैन । त्यसो भएको हुनाले आज म सम्मानित सदनबाट एउटा सन्देश पनि दिन चाहन्छु–कामलाई माया गरौ ।’

अध्यक्ष राईले आफूले श्रम गर्नेमाथि विभेद गर्नु हुन्न भनेर अभियानलाई संचालन गरेको दावी पनि गर्नुभयो ।