५ असार २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण



अ+ अ-

काठमाडौँ। विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको आठौं महासभाबाट निर्विरोध निर्वाचित सभापति अरुणकुमार पाण्डेले बुधबार काठमाडौंको बाँसबारीस्थित केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।

सो अवसरमा नवगठित केन्द्रीय कार्यसमितिको विस्तार तथा सामूहिक पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सभापति पाण्डेले महासंघका संस्थापक परिकल्पनाकार स्वर्गीय राजा वीरेन्द्र तथा राष्ट्रगुरु योगी नरहरिनाथको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

नवगठित कार्यसमितिमा उपसभापतिमा महेश्वर शर्मा पौडेल, ज्यो.पं. लेखनाथ न्यौपाने र अर्चना शर्मा, महासचिवमा उत्तमराज भण्डारी, कोषाध्यक्षमा ऋषिराम पोखरेल तथा केन्द्रीय सदस्यमा राष्ट्रिय समाचार समितिका सञ्चारकर्मी अर्चना झा सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू चयन हुनुभएको निर्वाचित सभापति अरुणकुमार पाण्डेले जानकारी गराउनु भएको छ ।

पाण्डेले २०३७ सालमा स्थापना भएको विश्व हिन्दू महासंघ हाल विश्वका ४३ देशमा राष्ट्रिय समिति रहेको अन्तर्राष्ट्रिय संस्था हो बताउनुभयो ।

त्यसैगरी उहाँले नवगठित कार्यसमितिले सनातन धर्मको संरक्षण, संगठन सुदृढीकरण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा महासंघको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको भन्नुभयो ।




भर्खरै