३० श्रावण २०८३, शनिबार
,
Latest
२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ



अ+ अ-

काठमाडौँ। राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा विद्यालयमा अध्ययनरत छात्रछात्रालाई जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिमको शुभारम्भ गरेको छ ।

दुई चरणमा सञ्चालन हुने उक्त तालिममा छ हजार ६३० जना विद्यार्थी समेटिने छन् । यसअन्तर्गत पहिलो चरणमा संस्थागत तालिम र दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प सञ्चालन सञ्चालन हुनेछ ।

त्यसैगरी, ३६ वटा विद्यालयमा अध्ययनरत एक हजार ८० जना छात्रछात्रा समावेश गरी आगामी भदौदेखि सिनियर डिभिजन तालिम सञ्चालन गर्ने योजना रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यी तालिममा सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, अनुशासनलगायत विविध विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।

विसं २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ८९ हजार ८९४ जनालाई सिनियर तथा जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम प्रदान गरिसकेको छ । राष्ट्रिय सेवा दलमार्फत तालिम प्राप्त व्यक्तिहरू केन्द्र, प्रदेश र जिल्लास्तरसम्म रहेका छन् । रासस