७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा र राजमोबीच उपनिर्वाचनमा तालमेलको सहमति हुँदै



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा र नेकपा मसाल समर्थित राष्ट्रिय जनमोर्चाले १४ मंसिरको उपनिर्वाचनमा प्रतिनिधसभा र प्रदेशसभामा तालमेल गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच चुनावी तालमेल गरेर जाने विषयमा सहमति भएको हो । ‘पहिले जसले जुन क्षेत्रमा निर्वाचन जितेको छ, ती निर्वाचन क्षेत्र त्यही पार्टीले लिने गरी सहमति भएको छ,’ अध्यक्ष केसीले भने, ‘यो सहमतिअनुसार अब हामी छिट्टै उम्मेदवारको नामावली टुंग्याउँछौँ ।’

तीन सिटमा नेकपा, एक सिटमा जनमोर्चा
दुई पार्टीले चार सिटमध्ये तीन सिट नेकपा र बाँकी एक सिट राष्ट्रिय जनर्मोचाले लिनेगरी सहमति गरेका छन् । यो सहमतिअनुसार प्रतिनिधसभाअन्तर्गत कास्की क्षेत्र नं‍ २, प्रदेशसभाअन्तर्गत दाङ ३ (ख), भक्तपुर १ (ख) मा राष्ट्रिय जनर्मोचाले नेकपाको उम्मेदवारलाई सहयोग गर्नेछ । तीमध्ये कास्कीमा संघीय संसदको प्रतिनिधिसभा र बाँकीमा प्रदेशसभाको निर्वाचन हुनेछ ।

बाग्लुङ २ (ख) मा प्रदेशसभाको उपनिर्वाचन हुनेछ । ती क्षेत्रमध्ये कास्की २ बाट नेकपाका सांसद तथा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा १५ फागुनमा निधन भएको थियो । दाङ ३ (ख) बाट प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएको थियो । भक्तपुर १ (ख) बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएको थियो ।

बाग्लुङबाट जनमोर्चाका तीन उम्मेदवार सिफारिस
बाग्लुङ–२ (ख)का लागि जनमोर्चाका जिल्ला कमिटीले एक महिलासहित तीन उम्मेदवारको नाम पार्टी केन्द्रमा सिफारिस गरिसकेको अध्यक्ष केसीले जानकारी दिए । सिफारिसमा परेका धर्म कुँवर, सुना घर्तीमगर र खगेन्द्र शाहीमध्येबाट जनमोर्चाले उम्मेदवार उठाउने तयारी गरेको छ । ‘तीनमध्ये एकजनाको नाम २१ गते मनोनयन दर्ता गर्नेगरी पार्टीले निर्णय गर्छ,’ केसीले भने । सांसद टेकबहादुर घर्तीको जन्डिसका कारण निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त भएको थियो ।

भेटमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई तथा राजमोका महासचिव जनकराज शर्मा, सचिव हिमलाल पुरी र पूर्वसचिव कृष्ण अधिकारी सहभागी थिए । भेटमा प्रधानमन्त्री ओलीले वामपन्थी आन्दोलनलाई बलियो बनाउन वाम दलबीच सहकार्यको आवश्यकता औँल्याएका थिए । त्यस्तै, केसीले गणतन्त्रका उपलब्धि जोगाएर जान वाम शक्ति एकजुट भएर अघि बढ्नुपर्ने सुझाब दिएका थिए । नयाँ पत्रिका दैनिकबाट