१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन, अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन चितवनस्थित चितवन उद्योग संघ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र मा आयोजना हुने भएको छ।

यसअघि महाधिवेशन चितवनको टाँडी स्थित होटल स्टारमा गर्ने तयारी गरिएको थियो। तर व्यवस्थापकीय तथा सहभागीको सहजतालाई ध्यानमा राख्दै स्थल परिवर्तन गरिएको जनाइएको छ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतम का अनुसार असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा अतिथिहरूका लागि सौराहा, रत्ननगर र भरतपुरका विभिन्न होटलमा आवासको व्यवस्था मिलाइएको छ।

महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन पार्टीका स्थानीय, नगर तथा जिल्ला समितिहरू, जिल्लामा रहेका केन्द्रीय सदस्यहरू र प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा १८ वटा उपसमिति गठन गरी काम अघि बढाइएको गौतमले जानकारी दिए।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन आवश्यक व्यवस्थापन, आवास, यातायात, प्रचारप्रसारलगायतका तयारी तीव्र रूपमा अघि बढाइएको पार्टीले जनाएको छ।




भर्खरै