२ असार २०८३, मंगलवार
,
Latest
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न ४ करोड बजेट विनियोजन सांसद भट्टराईले कारको झ्यालबाट शरीर निकालेकाे भिडियो भाइरल, असुरक्षित यात्रा गरेको भन्दै कारबाहीको माग सडक सुरक्षा र यातायात व्यवस्थापनमा सरकार गम्भीर भएनः सभापति गजुरेल संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपसमितिको कार्यक्षेत्रबारे छलफल मुस्ताङको लोमन्थाङमा भारतीय सहयोगमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ मन्त्रीको अभिव्यक्ति कानूनी शासन विपरितः सांसद थापा दलहरू आन्तरिक विवादमा केन्द्रित हुँदा राष्ट्रिय सरोकार उपेक्षित भएको ज्ञवालीको भनाइ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत अर्थ मन्त्रालयको पुनर्संरचना र एमसीसीको बजेट कटौती गर्न सांसद तामाङको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल



अ+ अ-

काठमाडाैँ । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण र पूर्वाधार सुधारका विषयमा केन्द्रित रही छलफल भएको छ ।

बैठकमा सांसद तथा विज्ञले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीति कार्यान्वयनमा जोड दिनुभयो । समिति सभापति आशिष गजुरेलले सुझावलाई कार्यान्वयनमा लैजान समितिले सहजीकरण गर्ने बताउनुभयो । उहाँले सडक सुरक्षा अत्यन्त संवेदनशील विषय भएकाले सरकार यसमा गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । सडक सुरक्षासम्बन्धी विधेयक बनेको पाँच वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसकेको उल्लेख गर्दै उहाँले सडक पूर्वाधार समयमै निर्माण नहुँदा समस्या बढिरहेको बताउनुभयो ।

एकीकृत यातायात नीति रहे तापनि सम्बन्धित मन्त्रालय हटाइएको विषय उठाउँदै उहाँले भावी पुस्ताको सुरक्षाका लागि पनि सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सभापति गजुरेलले भन्नुभयो, “अझै पनि व्यवस्थित फुटपाथ र अपाङ्गमैत्री सडक निर्माण हुनसकेको छैन ।” सांसद सुनिल केसीले सडक दुर्घटनाका समस्या समाधान गर्न संसद्ले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले सडक निर्माणका क्रममा अव्यवस्थित रूपमा बाटो खन्ने, मर्मतमा ढिलाइ हुने तथा सरोकारवाला निकायबीचको समन्वय अभावका कारण दुर्घटनाको जोखिम बढेको जनाउँदै समितिमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद वासना थापाले कर्णाली क्षेत्रमा सडक सञ्चालन अनुमति (रोड परमिट) प्राप्त गर्नसमेत समस्या रहेको जनाउँदै सडक सुरक्षाको अवस्था सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसद भरतकुमार स्वार, पूर्णप्रसाद लिम्बू, धनेन्द्र कार्की र राजु पाण्डेले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सडक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायातका लागि बेग्लै सडक लेन, पार्किङ व्यवस्थापन र दक्ष चालकको आवश्यकता औँल्याउनुभयो ।

उहाँले नेपालमा बढ्दो सवारी चापअनुसार पूर्वाधार निर्माण हुन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । ढुवानी व्यवसायी महासङ्घ नेपालका अध्यक्ष अरुणकुमार श्रेष्ठले मालवाहक सवारीसाधनको निगरानी र सुरक्षा प्रणाली सुधार गर्नुपर्ने बताउनुभयो । समितिले सडक सुरक्षा, यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण र पूर्वाधार विकासका विषयमा विज्ञ तथा सरोकारवालासँग सुझाव लिएको हो ।