२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनि स्पष्ट अडान राख्नुपर्दछः खुश्बु… काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण, नीतिगत कार्यान्वयनमा जोड परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग सरकारको ३० हजार मेगावाट लक्ष्य सफल बनाउन नीतिगत सुधार आवश्यक छ : सांसद पराजुली अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन समितिमा राहुल केसी नियुक्त



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने लुम्बिनी प्रदेश अधिवेशनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले अधिवेशन निर्वाचन समिति गठन तथा नियुक्तिसम्बन्धी तेस्रो संशोधन गरेको छ।

बिहीबार जारी निर्णयअनुसार केन्द्रीय निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ।

समितिमा राहुल केसी लाई केन्द्रीय कानुन तथा न्याय विभागबाट सदस्यको जिम्मेवारी दिइएको छ। त्यसैगरी पवनराज देवकोटालाई केन्द्रीय मानव विकास मजबुतीकरण विभाग, सुदनप्रसाद ज्ञवालीलाई केन्द्रीय निर्वाचन आयोगबाट तथा सुमन धरेललाई सदस्यका रूपमा समेटिएको छ।

राहुल केसीको नियुक्तिलाई लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन प्रक्रियालाई कानुनी रूपमा थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन महत्त्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले समितिलाई पार्टीको प्रचलित विधान, निर्देशिका तथा प्रदेश अधिवेशन कार्यविधिअनुसार निर्वाचन प्रक्रिया सञ्चालन गरी अधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने जिम्मेवारी प्रदान गरिएको जनाएको छ।