२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रम (क्ब्ऋभ्ए) का महानिर्देशक नर्बु वाङ्चुकले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग, वायु प्रदूषण नियन्त्रण र प्लास्टिक व्यवस्थापन सम्बन्धमा भएका क्षेत्रीय पहललाई सुदृढ बनाउने तथा नेपालमा विशेषगरी प्लास्टिक प्रदूषण तथा फोहरको दीर्घकालीन व्यवस्थापन प्रणाली सुधार गर्ने विषयमा उच्चस्तरीय छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

छलफलमा प्लास्टिक फोहर व्यवस्थापन, वायु गुणस्तर सुधार तथा जलवायु परिवर्तन न्यूनीकरणका लागि नयाँ परियोजना ल्याउने तयारी भइरहेको महानिर्देशक वाङ्चुकले जानकारी गराउनुभयो ।

सीमापार वायुप्रदूषण र नदी प्रणालीमा हुने प्रदूषण समाधानका लागि क्षेत्रीय राष्ट्रहरुले एकापसमा सहकार्य र समन्वय गर्नुपर्ने तथा भुटान र नेपालजस्ता साना राष्ट्रहरुले क्षेत्रीय सङ्गठनमार्फत आफ्ना मुद्दाहरु प्रभावकारी रूपमा ठूला राष्ट्रहरुमाझ उठाउँदा प्रभावकारी हुने भएकाले क्षेत्रीय बैठकका लागि पहल गर्न मन्त्री चौधरीलाई उहाँले अनुरोध गर्नुभयो ।

त्यसैगरी, जुलाई ८ र ९ मा माल्दिभ्समा हुन गइरहेको ‘माले डिक्लरेशन’ पुनरुत्थानसम्बन्धी बैठकमा आगामी पाँच वर्षका लागि वायु गुणस्तर सुधारसम्बन्धी कार्ययोजना बनाइने भएकाले उक्त कार्यक्रममा नेपालबाट प्रतिनिधित्वका लागि महानिर्देशक वाङ्चुकले मन्त्री चौधरीसँग आग्रह गर्नुभयो ।  रासस