१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै



अ+ अ-

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले मध्य अफ्रिकामा बढ्दो सुरक्षा तथा मानवीय सङ्कटको चेतावनी दिँदै सुडान र चाडमा सशस्त्र समूहहरूले गरेको आक्रमणले यस क्षेत्रको स्थिरताका लागि बढ्दो खतरा उत्पन्न गरिरहेको जनाएको छ ।

संयुक्त राष्ट्रघिय सुरक्षा परिषद्को ब्रीफिंगमा बोल्दै, राजनीतिक र शान्ति निर्माण मामिला तथा शान्ति अपरेसन विभागहरूका लागि सहायक महासचिव मार्था अमा अक्या पोबीले यस क्षेत्रको बढ्दो चुनौति र सङ्कटलाई औंल्याउँनु भएको हो ।

उहाँले बढ्दो सुरक्षा र मानवीय सङ्कट, बढ्दो सामाजिक र आर्थिक दबाब, र नागरिक र राजनीतिक अधिकारहरूमा बढ्दो प्रतिबन्धका कारण चिन्ताजनक पृष्ठभूमि विरुद्ध केहि राजनैतिक तथा अन्य उपलब्धिहरू भएको कुरामा जोड दिनु भएको छ । उहाँले पूर्वी चाड र लेक चाड क्षेत्रलाई अस्थिरताको दुई प्रमुख स्थतलहरुका रूपमा पहिचान गर्दै यस क्षेत्रका धेरै देशहरूमा सुरक्षा प्रमुख चिन्ताको विषय बनेको कुरामा जोड दिनु भएको छ ।

उहाँले सुडानको युद्धले चाडमा गहिरो प्रभाव पारेको उल्लेख गर्दै अप्रिल २०२३ देखि युद्धको कारण नौ लाख भन्दा बढी सुडानीहरु शरणाथी भएको बताउनु भएको छ। उहाँले सीमापार आक्रमण र चाडका सैन्य स्थानहरूमा भएको ड्रोन आक्रमणले द्वन्द्वलाई थप चर्को बनाउन सक्ने चेतावनी पनि दिनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई सुडानमा युद्ध अन्त्य गर्ने प्रयासलाई तीव्र बनाउन र यसको परिणामलाई सम्बोधन गर्न आह्वानसमेत गर्नु भएको छ ।




भर्खरै