९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन

पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
अ अ+ अ-

काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीमा पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्दै राष्ट्र, सङ्गठन र आमजनताको अपेक्षाअनुसार कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटको कमाण्डमा खटी जान लागेका अधिकृतलाई प्रत्यक्ष र भर्चुअल माध्यमबाट सो निर्देशन दिनुभएको हो ।

उहाँले आफू मातहत कर्मचारीको मनोबल उच्च राखी, समयमै समस्या र आवश्यकतालाई पहिचान गर्दै तल्लो तहसम्म प्रत्यक्ष सम्पर्कमा रहेर कार्य गर्नुपर्ने बताउँदै मातहत कर्मचारीका गुनासालाई चेन अफ कमाण्डमा ल्याउन निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले फिल्डमा खटिने सशस्त्र प्रहरी कर्मचारीले नतिजामुखी कार्य गर्न सकियो भने राष्ट्र र सङ्गठनको नाम उच्च रहने मात्र नभई कमाण्डर र तल्लो तहसँगको सामिप्यता बढ्नुपर्नेमा जोड दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरू सस्तो लोकप्रियता र मिडियाबाजीमा ध्यान नदिई नयाँ जोस र उर्जाका साथ आफ्नो जिम्मेवारी र कर्तव्यलाई निर्धक्कका भए । कर्तव्य निर्वाह गर्न पनि आग्रह गर्नुभएको छ ।

उहाँले राजश्व चुहावट नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध चोरीतस्करीविरुद्ध कडा रूपमा प्रस्तुत भई नेपाल सरकारबाट प्रतिबन्धित वस्तुहरू सीमाबाट भित्रन नदिन सशस्त्र प्रहरी कर्मचारीहरू थप सक्रियकाताका साथ लाग्नुपर्ने बताउनुभयो ।