१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस्



अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साहलाई इतिहासको अध्ययन गर्न सुझाव दिनुभएको छ ।

प्रधानमन्त्री बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत यावत समस्याहरु ३५ वर्ष यताको हुन् भनि उल्लेख गर्नुभएकोप्रति आपत्ति जनाउँदै इतिहासको अध्ययन गरेर टिप्पणी गर्न सचेत गराउनुभएको हो ।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता केसीले प्रधानमन्त्री साहको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने पनि बताउनु भयो ।

प्रधानमन्त्रीले सीमा सम्बन्धि दिएको आपत्तिजनक अभिव्यक्ति परराष्ट्रमन्त्री वा आफूले दिँदा हुने धारणा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएपछि उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने स्पष्ट पार्नुभएको हो । नेता केसीले प्रधानमन्त्रीले आफनो अभिव्यक्ति सच्याएर अघि बढ्नुपर्ने पनि बताउनु भयो ।

नेता केसीले संसदलाई सुचारु गराउने जिम्मेवारी सरकारको भएकाले उसले पहल गर्नुपर्ने पनि बताउनु भयो ।