१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान

तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
अ अ+ अ-

तनहुँ।  स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट रु चार अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । जिल्लास्थित १० स्थानीय तहका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ५६ करोड ४७ लाख विनियोजन गरेको हो ।

सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ । व्यास नगरपालिकालाई रु ९४ करोड ३० लाख विनियोजन गरिएको छ । व्यास नगरपालिकाले समानीकरण अनुदानतर्फ रु १८ करोड ६० लाख, सशर्त अनुदानतर्फ रु ७५ करोड २० लाख र समपुरक अनुदानतर्फ रु ५० लाख बजेट पाउनेछ ।

भानु नगरपालिकालाई रु ५९ करोड ६८ लाख विनियोजन गरिएको छ । भानुले समानीकरण अनुदानतर्फ रु १३ करोड ८७ लाख, सशर्त अनुदानतर्फ रु ४४ करोड ४१ लाख, विशेष अनुदानतर्फ एक करोड र समपुरक अनुदानतर्फ रु ४० लाख पाउनेछ ।

भिमाद नगरपालिकालाई रु ४५ करोड ६९ लाख विनियोजन गरिएको छ । भिमादले समानीकरण अनुदानतर्फ रु ११ करोड १४ लाख, सशर्त अनुदानतर्फ रु ३० करोड ७३ लाख, विशेष अनुदानतर्फ रु एक करोड ६७ लाख र समपुरक अनुदानतर्फ रु दुई करोड १५ लाख पाउनेछ ।

शुक्लागण्डकी नगरपालिकालाई रु ६३ करोड ७८ लाख विनियोजन गरिएको छ । शुक्लागण्डकीले समानीकरण अनुदानतर्फ रु १४ करोड ६० लाख, सशर्त अनुदानतर्फ रु ४६ करोड ४३ लाख, विशेष अनुदानतर्फ रु एक करोड ४० लाख र समपूरक अनुदानतर्फ रु एक करोड ३५ लाख पाउनेछ ।

आँबुखैरेनी गाउँपालिकालाई रु ३१ करोड ४१ लाख विनियोजन गरिएको छ । आँबुखैरेनीले समानीकरण अनुदानतर्फ रु नौ करोड ६७ लाख, सशर्त अनुदानतर्फ रु १७ करोड ३६ लाख, विशेष अनुदानतर्फ रु एक करोड ८० लाख र समपूरक अनुदानतर्फ रु दुई करोड ५८ लाख पाउनेछ ।

ऋषिङ गाउँपालिकालाई रु ३६ करोड ५९ लाख विनियोजन गरिएको छ । ऋषिङले समानीकरण अनुदानतर्फ रु १० करोड ३७ लाख, सशर्त अनुदानतर्फ रु २४ करोड ६१ लाख, विशेष अनुदानतर्फ रु ७६ लाख र समपूरक अनुदानतर्फ रु ८५ लाख पाउनेछ ।

घिरिङ गाउँपालिकालाई रु २८ करोड २९ लाख विनियोजन गरिएको छ । घिरिङले समानीकरण अनुदानतर्फ रु आठ करोड ७८ लाख, सशर्त अनुदानतर्फ रु १८ करोड ८१ लाख र समपूरक अनुदानतर्फ रु ७० लाख पाउनेछ ।

देवघाट गाउँपालिकालाई रु ३३ करोड ७० लाख विनियोजन गरिएको छ । देवघाटले समानीकरण अनुदानतर्फ रु आठ करोड ३२ लाख, सशर्त अनुदानतर्फ रु २३ करोड ८२ लाख, विशेष अनुदानतर्फ रु ८६ लाख र समपूरक अनुदानतर्फ रु ७० लाख पाउनेछ ।

म्याग्दे गाउँपालिकालाई रु ३० करोड ६५ लाख विनियोजन गरिएको छ । म्याग्देले समानीकरण अनुदानतर्फ रु नौ करोड ९२ लाख, सशर्त अनुदानतर्फ रु १८ करोड ६३ लाख, विशेष अनुदानतर्फ रु एक करोड ४० लाख र समपूरक अनुदानतर्फ रु ७० लाख पाउनेछ ।

बन्दीपुर गाउँपालिकालाई रु ३२ करोड ६८ लाख विनियोजन गरिएको छ । बन्दीपुरले समानीकरण अनुदानतर्फ रु नौ करोड छ लाख, सशर्त अनुदानतर्फ रु २० करोड सात लाख, विशेष अनुदानतर्फ रु एक करोड ५० लाख र समपूरक अनुदानतर्फ रु एक करोड ७५ लाख पाउनेछ । रासस