१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
अ अ+ अ-

भरतपुर।  चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशालासम्बन्धी तालिम प्रदान गरिएको छ ।

श्री किसान महिला कृषि तथा पशुपन्छी पालन कृषक समूह र भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा भरतपुरको आयोजनामा यहाँको पर्साढापका महिलालाई ‘आइपिएम’सम्बन्धी १६ हप्ते तालिम प्रदान गरिएको हो ।

रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा भरतपुर महानगरपालिका–२७ स्थित उक्त कृषक समूहका २५ जना महिलाको सहभागिता रहेको थियो ।
महानगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेलले विषादी मानव स्वास्थ्यका लागि हानिकारक भएकाले यसको सुरक्षित प्रयोगमा सचेतना बढाउने उद्देश्यले तालिम दिइएको बताउनुभयो ।

“विषादीको पनि सही तरिकाले प्रयोग गर्नुपर्छ । हाल धेरै किसानले सुरक्षित विधिबाट विषादी प्रयोग गरेको पाइँदैन”, उहाँले भन्नुभयो,“सोमबार सम्पन्न तालिमबाट यही विषयमा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न तथा छिमेकी किसानलाई समेत सिकाउन सहभागीलाई आग्रह गरेका छौँ ।”

आगामी दिनमा महानगरपालिकाले आइपिएमसम्बन्धी थप छ वटा तालिम सञ्चालन गर्ने योजना रहेको पौडेलले जानकारी दिनुभयो ।

तालिम अवधिभर सहभागी किसानलाई घरेलु झोल मल, बोकासी मल, फोहर ‘डिकम्पोजर’ उत्पादन, जैविक विषादी निर्माण तथा रासायनिक विषादीबिनै बाली संरक्षण गर्ने विधिबारे प्रशिक्षण दिइएको थियो । सहभागीले भिन्डी, बोडी, धान, मकैलगायत बाली आइपिएम पद्धतिबाट उत्पादन गरेका थिए ।

जैविक मल तथा घरेलु झोल मल बनाउन धतुरो, जामुना, कडीपत्ता, तितेपाती, अम्बा, अमिलो, घिउकुमारी, मेवाको पात, रुदिलो, चरीअमिलो, बकाइनो, आरुको पात, निमपत्ता, दत्तिवललगायत वनस्पतिको प्रयोग गरिने प्रशिक्षक रमा ढुङ्गानाले जानकारी दिनुभयो । तालिमपछि किसानहरू आइपिएम पद्धतिबाट खेती गर्न दक्ष बनेको भन्दै उहाँले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा पनि संस्थाले सहयोग गर्ने व्यवस्था गरिएको बताउनुभयो ।

कृषक समूहकी अध्यक्ष हेमावती महतोले तालिमले किसानको सोचमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो । “पहिले अन्धाधुन्ध विषादी प्रयोग गथ्र्यौं । तालिमले हाम्रो आँखा खोलिदिएको छ । हाल बजारबाट ल्याइने तरकारी खानसमेत डर लाग्न थालेको छ । आफू पनि उत्पादनमा सचेत भएका छौँ”, उहाँले भन्नुभयो ।

विषादीको अत्यधिक प्रयोगले वातावरण प्रदूषित भएकाले यस्ता सचेतनामूलक कार्यक्रम गाउँगाउँमा विस्तार गर्नुपर्ने सहभागीको भनाइ थियो । सहभागीले विद्यालय तथा टोलस्तरमा पनि विषादीसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन आग्रह गरेका थिए । तालिममा रमा ढुङ्गाना, निशा सुवेदी, तेजेन्द्र पौडेल र प्रकाश जैसीलगायतले प्रशिक्षण दिनुभएको थियो । रासस