१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो

दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो
अ अ+ अ-

दाङ। तुलसीपुर उपमहानगरपालिका-४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्र नभई जिल्ला बाहिर बुटवल, कोहलपुरलगायत स्थानसम्म जाने गर्दछ ।

जिल्ला बाहिर माग हुन थालेपछि मागअनुसार सम्न्धित क्षेत्रमा आफूहरू पुग्ने गरेको आमा समूहका प्रतिनिधि बताउँछन् ।

विवाह, व्रतबन्ध, पूजाआजालगायत सबै जसो कार्यक्रममा उक्त आमा समूहको गाजाबाजाको टोली मागअनुसार जिल्लाजिल्ला पुग्ने गरेको छ ।

गत मङ्सिरमा मात्रै बुटवलमा २० र कोहलपुरमा नौ वटाभन्दा बढी कार्यक्रममा जिल्ला बाहिर गएको समूहका अध्यक्ष कस्तुरा खड्काले बताउनुभयो ।

उहाँका अनुसार पुस र माघमा पनि राजनीतिक दलका कार्यक्रम अत्यधिक भएकाले समूहको व्यस्तता बढेको हो । फागुन, चैत र वैशाखमा विवाहसहित विभिन्न धार्मिक कार्यक्रममा माग बढेको खड्काले बताउनुभयो ।

“पहिलेपहिले जिल्ला बाहिर जान समस्या थियो, अहिले हरेक महिना ठाउँठाउँबाट हाम्रो माग भइरहेको छ”, उहाँले भन्नुभयो, “आम्दानी पनि प्रशस्त भइरहेकाले हामी आत्मनिर्भर बन्दै गएका छौँ ।”

एउटा कार्यक्रममा गएर नौमती बजाएको रु आठ हजारदेखि रु २५ हजारसम्म लिने गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो। कति समयसम्म बजाउने हो, त्यसका आधारमा भाडा लिने गरेको भन्दै पछिल्लो समय यस्ता बाजा लोप हुन थालेपछि आफूहरू संरक्षणमा जुटेको उहाँले उल्लेख गर्नुभयो ।

“पहिले गाउँमा विवाह, व्रतबन्ध हुँदा नौमती बाजा बज्थे”, खड्काले भन्नुभयो, “पछिल्लो समय आधुनिक गीत र रेकर्ड गरिएका सङ्गितले नौमतीसहित मौलिक बाजा बच्न छोडेका छन् । त्यसैले हामीले यसलाई संरक्षणसँगै आयआर्जनको माध्यम बनाउन सुरुवात गरेका हौँ ।”

उहाँका अनुसार विसं २०७९ को तिहारमा भैलो खेलेर सङ्कलन भएको रु एक लाख ४० हजारले मौमतीका लागि आवश्यक पर्ने सामग्री खरिद गरिएको हो । जनचेतना आमा समूहमा अहिले २५ जना महिला आबद्ध हुनुहुन्छ ।

नौमती बजाउँदा केही आम्दानी पनि भइरहेको भन्दै हाम्रा मौलिक कला, संस्कृति र गीतसङ्गित संरक्षणका लागि भवन आवश्यक परेको अध्यक्ष खड्काले बताउनुभयो ।

“भवन निर्माणका लागि स्थानीय सरकारबाट सहयोगको अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । अध्यक्ष खड्काका अनुसार अहिले तुलसीपुर उपमहानगरपालिकाका विशेष जनचेतनामूलक कार्यक्रमदेखि तुलसीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेका महोत्सवमा पनि नौमती बाजाको माग हुने गरेको छ ।

नौमती र पञ्चेबाजा बजाउने मात्रै नभई समूहले सामाजिक कार्य पनि गर्दै आएको छ। गाउँघरमा आयोजना हुने सरसफाइ तथा सचेतनामूलक कार्यक्रममा आफ्नो उपस्थिति हुने गरेको उहाँले बताउनुभयो ।

“गाउँमा झगडा भएमा मिलाइदिनु पर्‍यो भन्दै आउनुहुन्छ”, अध्यक्ष खड्काले भन्नुभयो, “त्यस्ता झैझगडा पनि मिलाउने गरेका छौँ ।” तीबाहेक सामाजिक क्षेत्रमा आवश्यकताअनुसार श्रमसम्बन्धी काम पनि गरिँदै आइएको उहाँको भनाइ छ ।

“घरमा रङ लगाउने, विवाहमा खाना खुवाउनेलगायत कार्यमार्फत आम्दानी गरिरहेका छौँ”, अध्यक्ष खड्काले भन्नुभयो। सधैँ चुलोचौकोमा सीमित हुने महिला पनि सामाजिक रूपमा शसक्त छन्, भन्ने सन्देश दिन आफूले यो कार्य गरेको उहाँको भनाइ छ ।

सामान्य लेखपढ गरेर जीविकोपार्जन गर्दै आएका समूहमा आबद्ध महिलाले समूहमार्फत गरेका यस्ता कामले महिलाको आत्मसम्मान बढ्नुका साथै आयआर्जनमा टेवा पुग्ने गरेको छ । रासस