काठमाडौं । राष्ट्रिय सभाको आजको बैठक विपक्षी दलको अवरोधका कारण स्थगित भएको छ । लगातार विरोध भएपछि बैठक सञ्चालन हुन नसकेपछि अध्यक्ष नारायणप्रसाद दाहालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको घोषणा गरेका हुन् । पछि उनले भोलि दिउँसो सवा १२ बजेसम्मका लागि बैठक सारिएको जानकारी दिए ।

बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आसनबाट उठेर विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी भनाइलाई लिएर आपत्ति जनाउँदै त्यसलाई फिर्ता लिनुपर्ने माग गरेका थिए ।
विपक्षी दलका सांसदहरूले उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको दाबी गर्दै संसदमा छलफलका क्रममा सच्याउनुपर्ने अडान राखेका थिए । उनीहरूको नाराबाजी र अवरोधपछि बैठकमा कार्यसूची अघि बढ्न सकेन ।
लगातारको अवरोधका बीच पनि अध्यक्ष दाहालले सांसदहरूलाई बोल्ने अवसर दिए पनि विरोध जारी रहेपछि बैठक स्थगित गर्नुपरेको थियो ।
न्यूजपोलार
१९ जेष्ठ २०८३, मंगलवार १३:५९
न्यूजपोलार
१९ जेष्ठ २०८३, मंगलवार १३:५९
१९ जेष्ठ २०८३, मंगलवार १३:५९










