६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीको आपत्ति, संसदबाटै माफी माग्न माग



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई लिएर श्रम संस्कृति पार्टीले आपत्ति जनाएको छ। पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले संसदमा दिएको भनाइप्रति असन्तुष्टि जनाउँदै तत्काल माफी माग्नुपर्ने माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने आशय व्यक्त गरेको टिप्पणीप्रति आपत्ति जनाए। उनले उक्त अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै प्रधानमन्त्रीले रोष्ट्रमबाटै आफ्नो भनाइ फिर्ता लिनुपर्ने र माफी माग्नुपर्ने धारणा राखे।

सांसद राईले भारतले पनि नेपालसँग भूमि फिर्ता माग्यो भने के जवाफ दिने भन्ने प्रश्न उठाउँदै यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा गलत नजिर बस्न सक्ने बताए। उनले नेपालले कुनै पनि मुलुकको भूमि मिचेको छैन भन्ने कुरा इतिहास र तथ्यले स्पष्ट गर्ने दाबी पनि गरे।

उनका अनुसार प्रधानमन्त्रीको भनाइले आफूलाई दुःख र लज्जाबोध भएको उल्लेख गर्दै उनले संसदमा भने, “सम्माननीय प्रधानमन्त्रीज्यूको उक्त अभिव्यक्ति केवल रेकर्डबाट हटाउने विषय मात्र होइन, यसले भविष्यमा गलत नजिर बसाल्न सक्छ। यदि भोलि कुनै प्रधानमन्त्रीले यही आधारमा नेपालले भूमि मिचेको हो भनेर दाबी गरेमा त्यसको जवाफ के दिने? त्यसैले प्रधानमन्त्रीले रोष्ट्रममै आएर माफी माग्नुपर्छ।”

सांसद राईले प्रधानमन्त्रीको उक्त भनाइलाई नेपालको इतिहासकै कमजोर, तथ्यहीन र विवादास्पद अभिव्यक्तिको रूपमा चित्रण गर्दै कडा आलोचना पनि गरेका छन्।

यस विषयले संसदभित्र राजनीतिक बहसलाई थप चर्काएको छ।




भर्खरै