४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रास्वपा सचिवालय बैठक भर्चुअल रूपमा बस्ने, महाधिवेशन तयारीसहित विभिन्न कार्यसूची छलफलमा

रास्वपा सचिवालय बैठक भर्चुअल रूपमा बस्ने, महाधिवेशन तयारीसहित विभिन्न कार्यसूची छलफलमा
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को आह्वानमा पार्टी सचिवालयको बैठक भर्चुअल रूपमा बस्ने भएको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार बैठक २०८३ साल जेठ १७ गते बेलुकी ८:०० बजे जुममार्फत भर्चुअल रूपमा आयोजना गरिनेछ।

बैठकको मुख्य कार्यसूचीमा समसामयिक राजनीतिक अवस्था र पार्टी गतिविधिबारे छलफल गर्ने, विभिन्न आयोग तथा विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाहीसम्बन्धी विषयहरू, तथा महाधिवेशन तयारीसँग सम्बन्धित विभिन्न कार्यविधि र संरचनात्मक विषयहरू रहेका छन्।

त्यसैगरी प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमितिहरू, निर्वाचन कार्यविधि, तथा पार्टी विधान संशोधनसम्बन्धी विषयहरूमा पनि छलफल हुने जनाइएको छ।

यसैगरी संघीय सांसदहरूको पार्टी जिम्मेवारी निर्धारण, जिल्ला अधिवेशन कार्यविधि संशोधन तथा प्रदेश, जिल्ला र पालिका तहका अधिवेशनमा प्रतिनिधित्वसम्बन्धी प्रावधानबारे समेत छलफल हुने कार्यसूचीमा उल्लेख छ।

विभिन्न तहका अधिवेशनमा २५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने व्यवस्था तथा उम्मेदवार नभई पनि एक तह माथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धी प्रस्ताव पनि बैठकमा छलफल हुने जनाइएको छ।