६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा



अ+ अ-

काठमाडौं । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीयस्तरमा सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा १५ लाख ९० हजार ३८८ हेक्टरमा पुगेको छ ।

सिँचाइयोग्य भूमिमध्ये पाँच लाख ३२ हजार ६५५ हेक्टरमा वर्षभरनै सिँचाइ सुविधा उपलब्ध भएको छ । वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध गराउनका लागि सरकारले केही ठूला र महत्वपूर्ण आयोजनाहरु अगाडि बढाएको छ ।

मन्त्रालयका अनुसार, भूमिगत सिँचाइ आयोजनाबाट पाँच लाख ४६ हजार ४४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ । लिफ्ट र जलाशय सिँचाइ कार्यक्रमबाट छ हजार ८८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ ।

ठूला तथा मझौला नदीमा एक हजार ५१८ किमी तटबन्ध निर्माण साथै तटबन्ध निर्माणबाट जम्मा १३ हजार ८९१ हेक्टर जग्गा उकास भएको छ । भूमिगत सिँचाइ आयोजनाबाट १० लाख ३७ हजार ८४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागतर्फ १९२ जलमापन केन्द्र र ३५५ मौसममापन केन्द्र स्थापना र सञ्चालन भएको छ ।

नदी कटान डुबान तथा पहिरोको जोखिम व्यवस्थापनका लागि महाकाली, कर्णाली, नारायणी, कोशीलगायतका ठूला नदीमा नदी नियन्त्रण कार्यक्रमका लागि चालु आवमा रु पाँच अर्ब ५९ करोड विनियोजन गरिएको छ ।

सोमध्ये महकाली– दार्चुला, कर्णाली, नारायणी, बबई भादा औरही, खाँडो, त्रियुगा, कोशी बक्राहालगायतका नदीमा एक हजार ४९४ दशमलव ७१ किलोमिटर तटबन्ध निर्माण भएको छ । चालु आवको फागुन मसान्तसम्म १५ वटा जोखिमयुक्त बजारको संरक्षण एवं बचावटका कार्यहरु जारी रहेको मन्त्रालयले जनाएको छ ।

जोखिमयुक्त पहिरो पहिचान गरी अध्ययन तथा अनुसन्धान गरी विभिन्न ५३ स्थानमा पहिरो व्यवस्थापन कार्य जारी छ । त्यस्तै, १२ वटा बेसिन गुरुयोजना तयार गरी तीन हजार १६४ वटा लिफ्ट सिँचाइ विस्तार भएको छ । दुई हजार ५५७ हेक्टर सतह सिँचाइको मर्मतसम्भार भएको छ भने १७४ हेक्टर नयाँ सतह सिँचाइ प्रणाली विस्तार भएको छ ।