२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाजपाको निमन्त्रणामा रवि भारत जाँदै , यस्तो छ सरकारको प्रतिक्रिया



रवि लामिछाने/ फाइल
अ+ अ-

काठमाडौँ । बजारका केही दिनयता देखि रास्वपाका पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणको चर्चा छ । अघिल्लो हप्ता नेपालमा आउन चाहेका भारतका विदेश सचिव बिक्रम मिश्रीको भ्रमण स्थगित भएपछि त्यस लगत्तै यता पार्टी सभापति रवि लामिछानेको भ्रमण तय भएको छ ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जान लाग्नु भएको छ । उहाँ २० गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ । सभापति लामिछानेले भारत भ्रमण क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर ,भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीन लगायतसँग भेट गर्ने तयारी भइरहेको स्रोतहरू बताउँछन्।

केही दिनयता देखि भारत भ्रमणका साथै सो भ्रमणमा क्रममा को कससँग भेटघाट हुन्छ र के कस्ता विषय र एजेण्डमा छलफल हुन्छ भन्ने बारेमा निकै चर्चा चलेको भए पनि यता यी सारा खबरहरुबाट सरकार भने बेखबर देखिएको छ ।

त्यसो त वर्तमान सरकार रास्वपाकै हो र सोही पार्टीका सभापति हुन् रवि लामिछाने । त्यसो भएपछि त सरकार बेखबर बन्नै नहुने । कम्तीमा सरकारले आफ्नै पार्टी सभापतिले भारत भ्रमण गर्न लागेको कुराको जानकारी सम्म राख्नुपर्ने ।

तर त्यस्तो कुनै जानकारी नभएको कुरा सरकारका प्रवक्ताले जनाएका छन् । सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले भन्छन् प्रधानमन्त्री भारत मात्र नजानुभएको होइन । अहिले विदेश कतै पनि गइराख्नुभएको छैन। अहिले हाम्रो पहिलो १०० दिनको कार्य व्यस्तता एकदमै धेरै छ। सुरुमा काममा अलिकति बढी हामी फोकस पनि छौँ । त्यसले सभापति आफ्नै ढङ्गले जाँदै हुनुहुन्छ। प्रधानमन्त्रीको त्यससँग केही पनि सम्बन्ध छैन ।’

यो भ्रमण पार्टीको हो, त्यसैले यता सरकारले थाहा नपाउनु स्वभाविकै हो । अर्थात् उनको भनाई थियो कि सभापति लामिछानेले भारत भ्रमण गर्न लागेको कुरा नत प्रधानमन्त्रीसँग सम्बन्धित छ र नत सरकारले नै थाहा पाउने या पाउनुपर्ने कुरा हो भन्ने धारणा नेपाल सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले नै बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्नका लागि आयोजना भएको कार्यक्रममा पत्रकारका प्रश्नको जवाफमा उनले यो प्रतिक्रिया दिएका हुन् । के उनले भनेजस्तै आफ्नो पार्टीका सभापतिको भारत भ्रमणको विषय सरकारलाई थाहा नै नभएको हो त ?

यसबाट खासमा दुई फरक धारणा निर्माण हुन सक्छन् । पहिले सभापतिको भारत भ्रमणप्रति प्रधानमन्त्री खुसी छैनन् । यसकारण उनका प्रवक्ताले सो भ्रमणको विषयलाई उपेक्षा गरेको हिसाबले धारणा राखेको पनि हुनसक्छ ।

अर्को कुरा सभापतिको भारत भ्रमणको विषय सभापति स्वयंले नै प्रधानमन्त्रीलाई ब्रिफिङ नगरेका पनि हुन सक्दछन् । तर जे सुकै भए पनि छिमेक सम्बन्धलाई सरकारले सन्तुलन गर्न नसकिरहेका बेला कम से कम सत्तारुढ दलकै पार्टी सभापतिले गर्न लागेको भेटलाई सकारात्मक रुपमा लिनुपर्दछ ।

यही जेठको १८ गतेदेखि हुन लागेको यस भ्रमणले पार्टीभित्र र त्यो पनि प्रधानमन्त्री बालेन्द्र शाहको पक्षका मनमा संसय त पैदा गराउन सक्छ । प्रधानमन्त्री जानुपर्नेमा नगएर शान्त कूटनीतिमा बसेको सरकारका लागि पनि सभापति लामिछानेको यो भ्रमणले छिमेक सम्बन्धलाई सन्तुलित बनाइराख्न भने सहयोग नै पुग्नेछ ।