३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्नी लियोनीको ‘मधुबन’ गीतलाई लिएर हङ्गामा, तत्काल डिलिट गर्न माग



अ+ अ-

काठमाडौँ । सन्नी लियोनी अहिले आफ्नो एउटा गीतको विवादका कारण चर्चामा छिन् । सन्नी हालै कनिका कपुरले गाएको ‘मधुबन मे राधिका नाचे’ गीतमा देखिएकी छिन् । सन्नी र कनिका यो गीतको प्रचार गर्न केही दिनअघि ‘बिग बोस १५’ पुगेका थिए ।

तर अहिले यो गीतका कारण मुस्किल भइरहेको छ । यो गीत हेरेपछि केही प्रयोगकर्ताहरु आक्रोशित भएका छन् र भिडियोलाई युट्युबबाट हटाउन माग गरिरहेका छन् । यसले हिन्दूहरुको भावनामा चोट पुगेको प्रयोगकर्ताहरुको भनाइ छ ।

युट्युबमा प्रयोगकर्ताले ‘मधुबन’ गीत र यसको निर्माताप्रति निकै आक्रोश पोखेका छन् । उनीहरुले उक्त भिडियोलाई आपत्तिजनक र अश्लील भन्दै उक्त गीतलाई तत्काल हटाउन माग गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, “तपाइँंहरु किन हिन्दूहरूको धार्मिक भावनामा चोट पुर्‍याउँदै हुनुहुन्छ ? कृपया यस्तो नगर्नुहोस्।” 

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, “म अचम्ममा छु कि यो गीतको निर्माणमा संलग्न कसैले पनि यसलाई रोक्ने प्रयास गरेनन् । निर्मातादेखि निर्देशकसम्म के  उनीहरूलाई थाहा छ गीतमा के शब्दहरू छन् र कुन म्युजिक भिडियोको लागि उनीहरूले प्रयोग गरिरहेका छन् भन्ने कुरा ?”

सन्नी र कनिकाको यो गीत बुधबार रिलिज भएको थियो र केही घण्टामै यो गीतलाई १७ लाखभन्दा बढी पटक हेरिएको छ ।